Comments Add Comment

संसद बैठक तीन बजेसम्म सर्‍यो, सभामुखसहित शीर्ष नेताहरु बैठकमा व्यस्त

prachand-deuba-oli
बैठकमा प्रमुख दलका शीर्ष नेताहरू । तस्वीर: बबिन शर्मा

२४ पुस, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको हो ।

सभामुख ओनसरी घर्तीमगर अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफलमा व्यस्त छिन् ।

आइतबारको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ । तर, नेकपा एमाले लगायतका प्रतिपक्षी ९ दलले भने संशोधन फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।

सहमतिको प्रयासमा सभामुख घर्तीमगरसहित कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसीरहेको छ ।

त्यसअघिको संसद बैठकले २०१५ सालमा खोटाङ जिल्ला क्षेत्र नम्बर १६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो । नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा यही पुस १८ गते निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment