आइतबार, ११ असार, २०७४
OnlineKhabar.com

संकिर्ण राष्ट्रियताले देश विखण्डन गराउनसक्छः बाबुराम

baburam-bhattarai

२४ पुस, सप्तरी । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले खस जातिलाई मात्र जोडेर बनाइएको संकिर्ण राष्ट्रियताले मुलुकमा अशान्ति ल्याउनुबाहेक केहि गर्न नसक्ने बताएका छन् ।

खस जातिलाई मात्रै जोडेर राष्ट्रियताको परिभाषा बनाइएको भन्दै उनले यसले मुलुकमा अशान्ति मच्चाउनुका साथै देशलाई बिखण्डन गराउन सक्ने चेतावनी दिए ।

राजविराज कारागारमा रहेका जिल्ला नेता अनिल साह ‘अरुण’लाई भेट्न आइतबार बिहान राजविराज आएका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकको स्वाधिनता, सार्वभौमसत्ता रक्षा गर्न हिमाल, पहाड र मधेसी, थारु, आदिवासी, जनजाति र खस आर्यको कलष्टर मिलाएर अघि बढ्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यसो गरेमा मात्रै राष्ट्रियता मजबुत हुन सक्ने बताउँदै उनले राष्ट्रियतालाई इन्द्रधनुषको जस्तै बनाउनुपर्नेमा जोड दिए । ‘खस आर्य मात्रै नेपाली होइन,’ उनले भने, ‘मधेसी, थारु, आदिवासी जनजाति सबै नेपाली हुन् । यसैले सबैलाई नेपाली सरहको अधिकार दिनु जरुरी छ ।’

संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जनसहित अगाडि बढाउन आग्रह गर्दै उनले पूर्वको झापा, मोरङ र सुनसरीलाई पनि दुई नम्बर प्रदेशमा राखेर समिांकन विवाद टुंग्याउनुपर्ने बताए ।

२०७३ पुष २४ गते १४:०८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१२ प्रतिकृयाहरू प्राप्त
  • Dawa sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १४:२४

    Its very true.

    17
    18
    Share

  • Dawa sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १४:४३

    डा.बाबुराम भट्टराईले ठिक विश्लेषण गरेछन ,बस्ताबमै खस जातिलाई मात्रै जोडेर राष्ट्रियताको परिभाषा गर्नु पाखण्डताको परकस्ट मात्र हो |
    यो देशमा खस-आर्य मात्र राष्ट्रबादी हुन् ,जनजाती,मधेसी,थारु आदि ज-जसले सम्मान अधिकार खोज्छन ति सबै नेपाली अराष्ट्बादी हुन् भन्ने एमालेको राष्ट्रियताको परिभाषा मुर्खताको परकस्ट हो,र नश्लीय सोच पनि हो |

    28
    27
    Share

  • Sound लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १५:१५

    डाक्टर साहेब को कुरा १००% बैज्ञानिक र सही छ ? यो एकात्मक एकल जाती
    बाहुनको मात्रा पहिचान सिस्टम जग राखेको छ यस्ता संबिधान कुनै लोकतंत्र मुलुक
    हुदैन ? एमाले पार्टी ले मुलबासी भुमिपुत्रहरुको पहिचान लाई ह्त्या गर्यो भने देश
    विखण्डन हुन्छ यो कुरा सबैलाई थाह भएकै कुरा हो / किनकी मुलबासी भुमिपुत्रहरुको
    सही अधिकारलाई ह्त्या गर्ने पार्टी तिनीहरु लोकतंत्रबादी होइननं?

    12
    13
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १५:१६

    We need Mahadra Raja Paksha type of leader to correct current garbage in our politics. It is duty of Dr. Bhattarai to say something.
    Listen !! there is no types of nationalism or patriotism, current question is either you are with Nepali people or Foreigner (Indian/UK)????.

    12
    3
    Share

  • sharad1 लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १५:३७

    कुरा सही हो डा साब ।खस-आर्य जातिलाई मात्रै जोडेर राष्ट्रियताको परिभाषा बनाउनु हुँदैन ।शासन समाबेसी हुनुपर्छ । अनुरोध्, तपाईं पनि त्यही खस आर्य हो,नयाँ शक्ती को नेतृत्व अरु समुदाय का लाई दिनुस्,आफु शासन र नेतृत्व मा रहने अनि सोझा नेपाली को दिमाग भुट्ने कर्म नगरौ डा साब ।

    14
    6
    Share

  • dharma parajuli लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १५:३८

    देश विखण्डन त मालिक मोदिले गराउन खोज्दै छ, संकिर्ण राष्ट्रियताले होइन ।

    16
    7
    Share

  • laureetekera लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:११

    डा साब संकृर्ण भरिलो र पोषिलो राष्ट्रबाद भनेको केहो जात जातीबीच बैमन्स्यता क्षेत्र र भूगोलका बीच द्वन्द र विभाजन अनि अर्काको भलार्इ हुने गरी प्रदेशको विभाजन तपार्इको भरिलो राष्ट्रवाद हो भने भूराजनीतिक संवेदनशीलता का आधारमा यसो गर्नु हुदैन भन्ने चाही संकृर्ण हो ? यदी यसो हो भने हेर्दै जानु होला तपार्इको नेपालीले सार्वभौमसत्ता बिरुद्द हुने यस्ता विचारको डटेर सामना गर्नेछन ।

    11
    3
    Share

  • sharad1 लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:१७

    अनुरोध्, तपाईं पनि त्यही खस आर्य हो,नयाँ शक्ती को नेतृत्व अरु समुदाय का लाई दिनुस्,आफु शासन र नेतृत्व मा रहने अनि सोझा नेपाली को दिमाग भुट्ने कर्म नगरौ डा साब ।

    8
    3
    Share

  • Jhapali लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:२५

    Jhapa, Morang and Sunsari Kunai pani halat ma 2 number pradesh ma rakhinu hudaina….yo 1 number pradesh ma rahanu parcha…Himal, Pahad ra Tarai Jodne gari Pradesh banau parcha…2 number pradesh ma pani Pahad ra Himal Jodnu parch…Ani sabai jat jati sanskriti lai sametna sakincha…

    6
    4
    Share

  • Biraj Thapa लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १७:०२

    डा.बाबुराम भट्टराई सर,देशमा भएको बेरोजगार,भ्रष्ट्रचारको अन्त्य,राजनीतिक दलको नेता हुनको लागी आवश्यक पर्ने शैक्षिक योग्यताको मापदण्ड जस्तै संसद हुन,मन्त्री र प्रधानमन्त्री हुन आवश्यक पर्ने शैक्षिक योग्यता आदि तोकि योग्यता र क्षमता भएकालाई मात्र राजनीति गर्न दिने,देशको दुई किसिमको शैक्षिक प्रणालीलाई समान बनाउने पहल गरेमा र नेपालमा राजनैतिक दलको संख्या धेरै भईरहेकोले सबैलाई भाग पुराउन निजामती र अन्य निकायमा हाकिमहरुको संख्या आवश्यकता भन्दा बढी भईरहेको हुंदा देशको ढुकुटी जोगाउन राजनैतिक दल र उपसचित,सहसचिब र सचिबहरुको संख्या घटाई देशको ढुकुटी बिकास निर्माणका कार्यमा लगाउनु अतिनै आवश्यक छ ।

    0
    0
    Share

  • Ajaya Pradhan लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १७:४९

    संघियता जन्माउने र हुर्काउने भन्नेहरुनै अनविज्ञतामा छन त् अनि के को जनताले बुझुन र देश समलियोस | अचम्मको हाउगुजी भयो यो संघियता पनि ,,जसले जे बुझ्यो त्यो नै फलाक्दै हिड्ने ,, नचाहिएको कुरो पर्यो कि बाँदरको हातको नरिवलझैँ .. जे मन लायो त्यहि बोलेको छ .. गरेको छ… हैट ,, काम छैन काज छैन .. मनपरी छ रजाईं |

    0
    0
    Share

  • alex लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:०८

    look who’s talking!1 hahahahaha
    indian’s puppet

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this