२४ पुस, काठमाडौं । संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुबीच सहमतिको प्रयास जारी छ ।
सभामुख ओनसरी घर्तीमगरको पहलमा तीन दलका शीर्ष तीन नेता बानेश्वरस्थित संसद भवनमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
लगतै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वान टु वान वार्ता समेत भएको छ । स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले संशोधन विधेयक टेबल मात्र गर्न दिन आग्रह गर्नु भएको छ ।’
तर, ओलीले भने एमालेको पुरानै अडान दोहोर्याएका छन् ।