सोमबार, ५ भदौ, २०७४
OnlineKhabar.com

संशोधन पेश भएपछि एमालेको प्रतिक्रियाः जबर्जस्ती भयो, अब असफल पार्छौं

अनलाइनखबर

bamdev-gautam
२४ पुस, काठमाडौं । आफ्नो विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश भएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले, सभामुखले संसदीय अभ्यास विपरित काम गरेको टिप्पणी गरेको छ । साथै उसले अब यसलाई असफल बनाउने बताएको छ ।

विपक्षीले लगातार अवरुद्ध पार्दै आएको संसद बैठक सर्बोच्च अदालतको आदेशपछि आइतबार सुचारु भएको थियो । बैठकमा निर्वाचनसम्वन्धी दुई विधेयक पेश हुनुका साथै अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई सिफारिस समितिमा पठाउने निर्णय सर्वसम्मतले पास गर्‍यो ।

तर, संविधान संशोधन विधेयक टेबल गर्ने कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षीले विरोध गरे । उनीहरुको होहल्ला र नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश भएको छ ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले विपक्षीले असहमति जनाउँदा जनाउँदै संसारमा कहिँ पनि प्रस्ताव टेबल नहुने भन्दै सभामुखले संसदीय अध्यास विपरित काम गरेको बताए ।

यसलाई आफूहरुले विधेयक टेबल भएको नभई जबर्जस्ती गरेको रुपमा लिएको उनले बताए ।

संसद बैठकअघि भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले ‘प्रक्रियामा सहमत कि असहमत भनेको र आफूहरुले तपाईंहरुले जस्तो सांघातिक आक्रमण गर्दैनौं, शालिन विरोध हुन्छ,’ भनेको गौतमले पत्रकारहरुलाई सुनाए ।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले संशोधनलाई असफल बनाउने रणनीति लिने बताएका छन् ।

२०७३ पुष २४ गते २०:२२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१४ प्रतिकृयाहरू प्राप्त
  • Dawa sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:२७

    ठिकै निर्णय गरेछन ,कुनै एउट आमुख पार्टीको स्वार्थ पुरा गर्न सिंगो देशको सदन किन सधै अबरुद्ध भै बस्ने ? के यो सदन एमालेको पेवा हो र एमाले जे चायो त्यहि खुरुखुर मानी बस्ने ?

    104
    219
    Share

  • United Force Nepal (UFC) लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:४२

    WE United Force Nepal (UFC) is not agree with this agenda at this moment we are seek grand Communism to over the nepalese people.

    26
    63
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १६:५०

    Balla EMALE Ko ashali aaukat dekhiyo sansad pesh gara chhalphal huna deu chunaw gara 2 tihai le parit huna nadeu jit emale kai hunchha tara sansad nai chalna nadinu gair olktantrik abhyash ho,aba pass bhae pani phel bhaepani madeshi bhanauda dal harule nisarta chunaw ma janu parchha.

    1
    0
    Share

  • swargendra mallik लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १७:१३

    constitution amendment bill must be table and it is right way of democracy.

    0
    1
    Share

  • anuraj hamal लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १७:४३

    dawa sherpa g k yo desh maobadi ra kangresh ko bauko birta hora?

    3
    0
    Share

  • Bishal gc लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १८:१७

    khas gari yo partikiria dewa sherpa ka lagi..
    yo aauta pati ko aajanda hoina mistar yo purai 5 no par dasha ko aajanda ho.aalli khal gara ra comment garnush

    0
    0
    Share

  • Ajaya Pradhan लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १८:५०

    शंसोधन सहित अरु कति बिधयेक हरु बाकी थिए टेबल गर्न ,, एमाले को अवरोध ले गर्दा सबै काम पछि सर्यो ,, एउटा पार्टीको ईगो ले गर्दा पूरा देश बंदी हुने दिन को अन्त्य हुनु पर्छ , शंसोधन पास होस या फेल त्यों अर्को पाटो हो … तर सदन नै ठप्प पार्नु हुन्न ,, एक महिनाको तलव फिर्ता गर्छन त,,, अरु काम गर्दा हुन्थ्यो नि ,, सदन नै रोक्ने हो त् अनि ,,, अचम्म छ नेपाली नेताहरुको बालहठ,,, अनि त्रो देश बन्नु |

    3
    2
    Share

  • अशोक लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:०४

    सक्यो अब माओवादी ले देश को छ देस बचाउने?

    3
    1
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:१५

    कुनै एउटा पाटिले चाहे जस्तो नहुन साथ् बन्द, चक्का जाम, जुलुसहरु सुरु हुन्छ हाम्रो देसमा l तर, दु:ख चाहिं हामि जस्तो साधारण जनताले पाउने गरेको छ l
    राजनीतिक दल हाक्ने (जसलाई आम भाषामा नेता भनिन्छ) र राजनीतिक दलको कार्यकर्ता (जसलाई आम भाषामा झोले भनिन्छ)हरुलाई बिनम्र निबेदन गर्न चाहान्छु कि कृपया :
    १. अहिलेलाई चक्काजाम, नेपालबन्द जस्ता बिरोध कार्यक्रम नगरम l जनताले सारै सास्ती पाउछ l आज संसदमा जे भयो त्यसमा हामि जनताको केहि दोस छैन l हामि ले प्रस्ताव टेबल, कुर्ची, मेच केहि पनि गर / नगर भनेको छैन l
    २. यदि नेपाल बन्द नै गर्ने भए पुरै राम्रै संग गर्नु होला l नेपाल बन्द भन्छ, कि आधा रातमा फिर्ता लिन्छ कि पसल र सवारी निर्बिरोद संचालन गर्न दिन्छ l अनि हामि लाटा सिधा जैले पनि जिल खानु पर्छ l
    ३. बरु नारा जुलुस चाहिं मज्जाले गर्नु होला, बेलुका छ बजे पछाडी l दिउसो गरे ट्राफिक जाम ले हुर्मुत काड्छ l दिन भरि तपाईहरुको नारा जुलुसले सडक ठप्प हुन्छ, हामिलाई सारै अफ़्टेरो हुन्छ l यो सडकमा हजुरको जति अधिकार छ त्यति नै अधिकार हामि आम जनताको पनि छ l
    ४. संसद भवन घेर्ने बहनामा माइतीघरबाट तिनकुने सम्मको बाटोमा तमसा नगर्नु होला l हजुरलाई हेक्का होस् कि त्यो बाटोको किनारामा एउटा हस्पिटल पनि छ l रोगिलाई रगत, औसधि, खाना सबै त्यही बाटोबाट ओसार पसार गर्नु पर्नु पर्ने हुन्छ l
    ५. बिरोध, नारा जुलुस गर्दा त्यो सबै गर्नु होस् जुन काम तपाई आफ्नो घरमा गर्नु हुन्छ l आफ्नो घर भित्र जे जे काम तपाइँहरु गर्नु हुन्न ति कामहरु सडक वा सार्बजनिक स्थानमा नगर्नु होला l यो नेपाल राष्ट्र हाम्रो आफ्नै घर हो l

    अन्तमा : राष्ट्रको उद्धार त राजनीतिक दलहरुले गर्न पर्छ l राष्ट्रलाई दु:खेका घाउमा मलम-पट्टि त राजनीतिक दलहरु र तिनैका अगुवाहरु (जसलाई आम भाषामा नेता भनिन्छ)ले नै गर्न पर्छ l सबै राजनीतिक दलहरुको जय होस् l आम जनताको आसाको किरण नेताहरुको जय होस् l
    नेपाल आमाको सदै भरि जय जय जय !!!!!!!!!

    0
    0
    Share

  • Buipali लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:२६

    Politicians are corrupted and troublemanner 이들이 자지 하고 보지야.

    0
    0
    Share

  • H.B. Khadka लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १९:५५

    This man is also corrupted. See report of Pradip Nepal of open theater.

    0
    0
    Share

  • Rabin लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते २१:३८

    milayera janu parne vishaya MA pani JAL jhel garne Kati girna sakeko Nepali netaharu.. Yestalae ta kukur bhanda pani kukurko bejat huncha

    0
    0
    Share

  • sumit mahato लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते ११:०१

    नेपालमा ढिलो छिटो सवै नेता मिल्छन र नसोचेकै निर्णय हुन्छ यो पनि त्यसैको निरन्तरता न हो………………………………………..।

    0
    0
    Share

  • harka Rai लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते ११:५७

    यो रास्ट्रघाती प्रस्ताप लाई रोक्नुपर्छ नत्र अब देश कसैको उपनिवेश हुनेछ| राष्ट्र प्रेमी जनताहरु एक हौ|

    5
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this