Comments Add Comment

संशोधन पेश भएपछि एमालेको प्रतिक्रियाः जबर्जस्ती भयो, अब असफल पार्छौं

bamdev-gautam
२४ पुस, काठमाडौं । आफ्नो विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश भएपछि प्रमुख विपक्षी दल नेकपा एमालेले, सभामुखले संसदीय अभ्यास विपरित काम गरेको टिप्पणी गरेको छ । साथै उसले अब यसलाई असफल बनाउने बताएको छ ।

विपक्षीले लगातार अवरुद्ध पार्दै आएको संसद बैठक सर्बोच्च अदालतको आदेशपछि आइतबार सुचारु भएको थियो । बैठकमा निर्वाचनसम्वन्धी दुई विधेयक पेश हुनुका साथै अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई सिफारिस समितिमा पठाउने निर्णय सर्वसम्मतले पास गर्‍यो ।

तर, संविधान संशोधन विधेयक टेबल गर्ने कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षीले विरोध गरे । उनीहरुको होहल्ला र नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश भएको छ ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले विपक्षीले असहमति जनाउँदा जनाउँदै संसारमा कहिँ पनि प्रस्ताव टेबल नहुने भन्दै सभामुखले संसदीय अध्यास विपरित काम गरेको बताए ।

यसलाई आफूहरुले विधेयक टेबल भएको नभई जबर्जस्ती गरेको रुपमा लिएको उनले बताए ।

संसद बैठकअघि भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले ‘प्रक्रियामा सहमत कि असहमत भनेको र आफूहरुले तपाईंहरुले जस्तो सांघातिक आक्रमण गर्दैनौं, शालिन विरोध हुन्छ,’ भनेको गौतमले पत्रकारहरुलाई सुनाए ।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले संशोधनलाई असफल बनाउने रणनीति लिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment