Comments Add Comment

लोकमानका ज्वाइँ दोषी ठहर, १ हजार जरिवानाको फैसला

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको भन्दै परेको मुद्धामा लोकमान सिंह कार्कीका कान्छा ज्वाइँ प्रवल थापालाई दोषी ठहर गरेको छ ।

prabal-thapam-lokman-ka-juaiसर्वोच्चले कार्कीको योग्यतासम्वन्धी मुद्धाका साथै अदालतको मानहानीसम्वन्धी मुद्धामा आइतबार फैसला सुनाएको छ । अख्तियार प्रमुखमा नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अदालतले लोकमान सिंह कार्कीलाई पदमुक्त हुने फैसला सुनाएको छ ।

अदालतले म्याद तामेलीको मुद्धामा कार्की र पूर्वसचिव प्रमोदकुमार कार्कीलाई सफाइ दिएको छ ।

तर, कार्कीका ज्वाइँ दोषी ठहर भएका छन् । प्रवल थापासँगै तामेलादार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी सब इन्स्पेक्टर नकुलराज गौतमले मुलुकी ऐन अ. बं. १११ नं प्रतिकूल काम गरेको देखिएको ठहर छ र जनही १ हजार जरिवानाको फैसला सुनाएको छ ।

साथै तामेदार खत्री, वडा सचिव राई र सब इन्स्पेक्टर गौतमलाई कर्तव्य पालना नगरी न्यायिक प्रक्रियामा अवरोध गरेकाले विभागीय कारबाही गर्न आदेश पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment