Comments Add Comment

टाटा टियागो अब ५.४९ प्रतिशत ब्याजदरमै

TATA-TIAGO
२४ पुस, काठमाडौं, । सिप्रदी ट्रिडिङ प्रालिले ग्राहकका लागि न्यूनतम ब्याजदर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ ।

एभेरष्ट बैंकको साझेदारीमा सिप्रदीले ल्याएको यस अफरमा ग्राहकले ५.४९ प्रतिशतको न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्नेछन् ।

सिप्रदीकाअनुसार मानिसहरुको गाडी किन्ने रहर भएपनि एक मुष्ठ पैसा र्तिन गाह्रो हुने भएको कारणले यो अफरलाई ग्राहकमाझ ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

टाटा टियागोको खरिदमा ग्राहकहरुले सहज फाइनान्सको सुविधाका साथै आकर्षक छुट र २५ हजार बराबरको फ्रि-एक्सेसरिज पनि प्राप्त गर्नेछन् ।

योजनाअन्तर्गत ग्राहकले कुनै पनि सर्भिस चार्ज तिर्नु पर्नेछैन । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment