Comments Add Comment

पुरुषहरु किन अरु केटीलाई घुरेर हेर्छन् ?

Disloyal man with his girlfriend looking at another girlआम पत्नीको मनोविज्ञान के हुन्छ भने, आफ्ना पतीको सम्पूर्ण ध्यान आफुतर्फ केन्द्रित होस् । हरेक कुरामा केयरिङ र शेयरिङ होस् । तर, आफुसँगै वसिरहेका पतिको ध्यान हठात अन्य युवतीले खिच्यो भने के होला ?

यस्तो पनि हुन्छ, आफ्नै साथमा हुँदा पनि कति पति अन्य युवतीलाई घुरेर हेर्छन् । अक्सर महिला आफ्ना पतिको यस्तो वानीवाट दिक्क हुन्छन् । उनीहरुलाई लाग्दो हो, आखिर मेरो पतीले किन यसो गर्छ ? के मप्रति उनको आकर्षण छैन ?

के भनिन्छ भने, धेरैजसो पुरुषको यो आम स्वभाव नै हो । यसको मतलव उनले आफ्नी पतीलाई मन नपराको भने होइन । यसवारे केहि तथ्य ।

फ्याक्ट-१

सवैजसो पुरुष अर्को महिलालाई हेर्न रुची राख्छन्, आफ्ना पार्टनर जतिसुकै सुन्दर किन नहोस् । केहि अपवादलाई छाड्ने हो भने, आम पुरुषको साझा स्वभाव हो यो ।

फ्याक्ट-२

यदि पतिले यस विषयमा कुनै गुनासो गरे भने अक्सर पतिहरु तर्क गर्छन्, ‘आखिर मैले के गलत गरेको छु र ?’ यद्यपी पार्टनरको अनुपस्थितीमा यस्तो गर्नु गलत हुनसक्छ र आपसी सम्वन्ध नै धरापमा पर्न सक्छ ।

फ्याक्ट-३

कति पुरुष एउटै पार्टनरवाट सन्तुष्ट नहुने प्रवृत्तिका हुन्छन् । उनीहरुलाई वेला-वेला आफ्ना पार्टनर वदल्नुपर्ने हुन्छ । यसैकारण उनीहरु दोस्रो युवतीप्रति स्वतः आकृष्ट हुन्छन् ।

फ्याक्ट-४

महिलाहरु चाहन्छन्, आफ्नो पतिको यस किसिमको वानीमा सुधार होस् । तर, हरप्रयास गर्दा पनि त्यो संभव भएको हुदैन । तर, केहि पुरुष केवल आफ्ना पतिप्रति भरोसा र प्रेम गर्छन् । उनीहरु अरुलाई हेर्ने इच्छा समेत राख्दैनन् ।

फ्याक्ट-५

यदि लामो समयसम्म पनि कुनै पुरुषले आफ्नो स्वभाव वदल्न सकेन भने त्यसले सम्वन्ध नै टुट्ने अवस्था पनि निम्त्याउँछ । किनभने यस किसिमको प्रवृत्तिले उसलाई आफ्ना पत्नीभन्दा वाहिरको युवतीतर्फ आकषिर्त गर्दै लान्छ । उनले घरलाई भन्दा वाहिरका पार्टनरलाई प्राथमिकतामा राख्न थाल्छन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment