Comments Add Comment

संविधान संशोधन प्रस्ताव पारित हुन्छः उपप्रधानमन्त्री निधि

bimalendra-nidhi

२५ पुस, ललितपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् ।

सरकारले विपक्षीको अबरोधका बीच आइतबार संसदको बैठकमा संविधान संशोधन विधेयक पेश गरेको थियो । ‘संसदमा टेबल भएको बिषयमा अब छलफल अघि बढ्छ’ कांग्रेस नेता समेत रहेका गृहमन्त्री निधिले भने, ‘समाधान निकाल्ने थलो नै संसद हो ।’

संविधान संशोधनका बिषयमा कसैका मतभिन्नता छन् भने त्यसबारे छलफल गर्न सकिने भन्दै उनले छलफल गर्नै दिन्नौं भन्नु संसदीय पद्धति बिरुद्धको अभिव्यक्ति भएको बताए । ‘बिपक्षमा भोट हाले भइहाल्यो नि’ उनले भने ।

ललितपुरको बज्रबाराही नगारपालिकाको तेस्रो नगर परिषद्को सोमबार उद्घाटन गर्दै गृहमन्त्री निधिले सिंहदरबारमा केन्दि्रत रहेको शक्ति स्थानीय निकायमा ल्याउनका लागि नै संघीयताको अबधारणा ल्याइएको बताए ।

नयाँ संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको उनले बताए ।

गृहमन्त्री निधिले सरकारले अब छिट्टै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने भन्दै चुनावको तयारीमा जुट्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment