Comments Add Comment

सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने

Sunrise-bank

२५ पुस, काठमाडौं । सनराइज बैंक लिमिटेडले एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले यो प्रस्ताव पारित गरेको हो ।

सनराईज बैंकले एनआईडिसि क्यापिटल मार्केटको प्रति सय कित्ता बराबर सनराइज बैंकको ६५ कित्ता सेयर हुने गरी खरिद गर्न लागेको हो । केही महिनाअघि बैंकले नारायणी नेशनल फाईनान्सलाई आफुमा गाभेको थियो । एनआईडिसि।क्यापिटलको मर्चेट बैंकर काम गर्ने सहायक संस्था एनसीएम मर्चेन्ट बैंकिङ पनि रहेको छ ।

सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने भएपछि एनआईडीसी क्यापिटललाई किन्ने सम्झौता गरेको हो । गत आर्थिक बर्ष मुनाफा भएपछि ३३.३३ प्रतिशत वोनस वितरण गरेको बैंकको एनआईडीसी। क्यापिटल प्राप्तिपछि चुक्ता पुंजी ५ अर्व ४५ करोड नाघ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment