Comments Add Comment

यो पहाडमा तीर्थयात्रीहरु अपरिचितसँग किन राख्छन् शारीरिक सम्वन्ध ?

sex-pahad-indoneshiya1

इण्डोनेशियाको जावामा गुनुङ केमुकुसमा सयौं तीर्थयात्री जम्मा भएर अपरिचित विपरित लिंगीको खोजी गर्छन ।

करण रोचक छ । यो पहाडको नाम नै ‘सेक्सको पहाड’ राखिएको छ । र, यहाा पुगेका तीर्थयात्रीहरु विपरित लिंगीको खोजी गरेर उनीहरुसँग शारिरिक सम्बन्ध बनाउँछन् ।

परम्परागत मान्यता यो छ कि एक राजकुमार आफ्नी प्रेमिका तथा सौताने आमाको साथमा शारिरिक सम्बन्ध बनाउँदै गर्दा पक्राउ परेका थिए र त्यसपछि उनीहरुलाई त्यहीँ हत्या गरेर त्यही पहाडमा गाडिएको थियो ।

३० बर्षदेखि यस उत्सवबारे अध्ययन गरिरहेकी सामाजित मनोविज्ञानी किओतजोरो सिओपार्नो भन्छिन्, ‘तीर्थयात्रीहरुको मान्यता यो छ कि यहाँ उनीहरु आफ्नो कामुकता प्रदर्शन गरे भने उनीहरुको भाग्य चम्कनेछ ।’

यसै कारणले गुनुङ केमुकसलाई ‘सेक्सको पहाड’ बाट पनि चिनिन्छ ।

यहाँ हरेका ३५ दिनमा उत्सव हुन्छ । जहाँ देशभरका मानिसहरु सहभागी ुहन्छ । इण्डोनेशिया विश्वमै सबैभन्दा धेरै मुस्लिम भएको मुलुक हो ।

बेटोनन् साइकल -जावनीज क्यालेण्डर)का अनुसार मांगलिक तारिख चयन गरिन्छ । क्यालेण्डरका अनुसार यस्तो दिन हरेक ३५ दिनमा यस्तो दिन आउँछ ।

जब रहस्यमय यो स्थानमा अँध्यारो सुरु हुन्छ, तव पवित्र देवदारुको रुखमुनि मैनवत्ती बालेर ओछ्यान बिसाएर बस्छन् ।

यहाँ यस बिशाल पहाडबारे एक भनाइ निक्कै चर्चित छ, जसको बारेमा भनिन्छ कि महान राजकुमार र उनकी प्रेमिकाको रक्षा गर्नका लागि यस्तो गरिन्छ ।

भाग्यका लागि कामुकताको प्रदर्शन !

योग्याकर्टक्सस्थित गदजाह माडा विश्वबिद्यालयका सिओपार्नो भन्छिन् कि युवराज प्यागेरन समोद्रो रानी नायी ओत्रोबुलानसँगै भागेका थिए ।
ओत्रोबुलान उनको पिताकी पत्नी तथा सौतेनी आमा थिइन् । उनीहरु गुनुङ केमुकसको पहाडमा लुकेका थिए । १६औं सताव्दीको यो कहानी थुप्रै रुपमा प्रस्तुत गरिन्छ । एक दिन युवराज र रानी सेक्स गर्दागर्दै पक्राउ परेका थिए र, उनीहरुलाई मारेर त्यहीँ गाडिएको थियो ।

उत्सवको नियम

यस उत्सवको सुरुवात प्रार्थानासँगै प्यारेगन समोद्रो र रानी नायी ओत्रोबुलानको समाधीस्थलमा फूल अर्पण गरेपछि हुन्छ । पहाडका दुई पवित्र तलाउमध्ये एकमा तीर्थयात्रीले स्थान गर्नु जरुरी हुन्छ । त्यसपछि उनीहरु कुनै अपरिचितको खोजीमा लाग्छन्, जोसँग उनीहरुले सेक्स गर्नुछ ।

sex-pahad-indoneshiya

सियोपार्नो भन्छिन्, ‘मानिसहरुको मान्यता यो छ कि आफ्नो पति या पत्नीका अलावा अन्यसँग सुतेमा आशिर्वाद र धन आर्जन हुन्छ । सेक्स पार्टनर यस्तो हुनु जरुरी छ कि एक अर्काले अहिलेसम्म परिचित हुनुहुँदैन ।’

सेक्सको क्रम जावनिज क्यालेन्डरको हिसावले प्रत्येक ३५ दिनमा हरेक शुक्रबार गरी सात पटक हुनुपर्छ । यस्तोमा सेक्स सम्बन्ध एक बर्षसम्म जारी रहेनेछ । कसैले बीचैमा छाड्यो भने पुनः सुरुदेखि नै गर्नुपर्छ ।

यस्तो व्यस्त रातमा ८ हजारभन्दा धेरै तीर्थयात्री सिँडीको माध्यमबाट पहाडको शिखरमा पुग्न सक्छन् । यस पुन्यस्थानमा तपाईंलाई फुडस्टलको सुविधा पनि छ । जहाँ चिया, बदाम र चाउचाउ पाइन्छ । यहाँ भाडामा कोठापनि पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment