Comments Add Comment

विश्वकपमा सहभागी देश बढाउन पाँच बिकल्प, फिफाले गर्ने भो भोटिङ

Fifa

सन् २०२६ को विश्वकपमा ४८ टोलीलाई सहभागिता गराउने बिषयमा मंगलबार फिफामा मतदान हुने भएको छ । यो अवधारणा गत बर्ष अध्यक्ष पदमा निर्वाचित भएका जियान्नी इन्फान्तिन्होको हो ।

विश्व फुटबलको नियमनकारी निकाय फिफाका अध्यक्ष इन्फान्तिन्होले विश्वकपमा धेरैको समभागिता सुनिश्चित गर्न तीन टोली समाबेश गरी १६ समूह बनाउने र प्रत्येक समूहको दुई टोली नकआउट चरणमा प्रवेश पाउने प्रस्ताव गरेका थिए ।

यो प्रस्ताव पारित भएमा १९९८ पनि विश्वकपमा सबैभन्दा धेरै टोलीको सहभागिता रहनेछ ।

फिफामा मंगलबार हुने मतदानमा मतदातालाई पाँच विकल्पमा मतदान गर्न छुट दिएको छ । फिफा काउन्सिल ३७ सदस्यीय रहेको छ । उनीहरुलाई मतदान गर्न दिइएको पाँच बिबकल्पहरुः

१. ४८ टोलीलाई १६ समूहमा बिभाजन गर्ने र समूहको शीर्ष दुई टोली नकआउट चरणमा पुग्ने। (जम्मा खेल संख्या ८०)

२. यस बिकल्पमा पनि ४८ टोली हुनेछन् । सहभागीमध्ये पुच्छारका ३२ टोलीबीच नकआउट प्रतिस्पर्धा गराउने र त्यसको बिजेताले छनौट भइसकेका १६ टोलीसँग प्रतिस्पर्धा गर्ने (खेल संख्या ८०)

३. ४० टिमको सहभागिता गराएर १० समूहमा बिभाजन गर्ने । समूहको १० बिजेता र ६ उत्कृष्ट उपबिजेतालाई नकआउट चरणमा प्रबेश गराउने । (जम्मा खेलसंख्या ७६)

४. ४० टिमको सहभागिता गराउने र सहभागीलाई प्रत्येक समूहमा ५ टोली हुनेगरी आठ समूहमा बिभाजन गर्ने । समूहका दुई टिम नकआउट चरणमा प्रबेश पाउने । (जम्मा खेलसंख्या ८८)

५. विश्वकपको अहिलेकै फर्म्याट अनुसार गराउने । (जम्मा खेलसंख्या ६४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment