Comments Add Comment

थ्रीस्टारको नाम छुटेकोबारे राखेपको समितिले थाल्यो छानविन

national-sports-council-meeting

२५ पुस, काठमाडौं । थ्रीस्टार क्लब एएफसी कपको प्लेअफ खेल्नबाट बञ्चित भएकोबारे राष्ट्रिय खेलकुद परिषद्वारा गठित छानविन समितिले काम थालेको छ ।

राखेपका सदस्य समेत रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री)को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले सम्बन्धित निकायलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

राखेपले क्रिकेट र फुटबल विवादबारे अध्ययन गर्न पुस पहिलो साता अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु परेकाले काम अगाडि बढाउन ढिलाई भएको र अब तीव्र गतिमा छानविन प्रकृया अगाडि बढाउने समितिले जनाएको छ ।

समितिले जनाए अनुसार १ महिनाभित्र प्रतिवेदन बुझाइनेछ । समितिले एन्फाका पदाधिकारीहरुको गैर जिम्मेवारीपनका कारण थ्री स्टार एएफसी कपको प्लेअफ खेल्नबाट वञ्चित हुन परेको विषयमा छानविन गर्नेछ ।

साथै असोजमा हङगकङमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्व कप छनोट प्रतियोगिताका लागि गैर खेलाडी छनोट गरेको, प्रतियोगिताका लागि वरिष्ठ फिजियोथेरापिष्टको सट्टा स्टाफ नर्सलाई लगेकोबारे पनि छानविन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment