Comments Add Comment

विद्युत प्राधिकरणका कर्मचारीः जो काम छाडेर तास खेल्छन्

taas-kheldai-karmachari२६ पुस, झापा । गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार साहलाई फोन गरे । सेवाग्राहीको सबै कुरा सुनिनसक्दै साहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए ।

शाहको कुरा सुनिसकेपछि सेवाग्राही कार्यालयमै पुगे । जहाँ कर्मचारीहरू कार्यालयका तास खेलिरहेका देखे । त्यसपछि उनले स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरे

सञ्चारकर्मीहरुले प्राधिकरण शाखा कार्याल पुगेर कर्मचारीहरुले कार्यालयभित्रै तास खेलिरहेको तस्वीर खिच्दा पनि खेल रोकिएन । कार्यालय प्रमुख साहले तास खेल्ने कर्मचारीलाई कारबाही गर्ने औसत प्रतिक्रिया दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि तास खेलेको प्रमाण पाइएमा कारबाही गर्ने बताएका छन् ।

सर्वाजनिक स्थलमा जुवा तास खेल्नेलाई अवस्थाको गम्भीरत हेरेर सार्वजनिक अपराध ऐनअन्तरगत २० हजारदेखि ४८ हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment