Comments Add Comment

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक हुन्छ ?

love-in-janawary-9के प्रेममा धोका पाउने पनि कुनै तिथिमिति हुन्छ ? पहिले त यस्तो कहिल्यै सुनिएको थिएन त । तर हालै भएको एक अनुसन्धानले प्रेम गर्नेहरुका लागि जनवरी ९ को दिन निकै खतरनाक हुने देखाएको छ ।

शोध अनुसार जनवरी ९ मा विश्वमा सबैभन्दा धेरै मात्रामा प्रेमसम्बन्धको सुरुवात हुन्छ । अन्य दिनभन्दा धेरै परिमाणमा जोडीहरु प्रेममा बाँधिने भए पनि सोही अनुपातमा भविष्यमा उनीहरुको प्रेम छुट्ने पनि भैहाल्यो । त्यस्तै अर्को कोणबाट भन्नुपर्दा प्रेम सम्बन्धको सुरुवात अधिकांश अवस्थामा तब हुन्छ, जब प्रेम गर्ने दुईजनाबीच कुनै तेस्रो मान्छे आउँछ । अनि त्यो तेस्रो मानिसले भविष्यमा नकारात्मक भूमिका खेल्दछ । प्रेम सम्बन्ध जति धेरै गाँसिए तेस्रो पक्षको संख्या पनि उति नै धेरै हुनेभयो ।

डेटिंग साइट ग्लीडनका अनुसार यो शोध यस्ता हजारौँ मानिसहरुमा गरिएको हो । जसले आफ्ना पार्टनरलाई धोका दिए र नँया पार्टनरको खोजीमा छन् । शोधकर्ताहरुका अनुसार धेरै मानिसहरुले नयाँ वर्षलाई नयाँ पार्टनरको खोजी गर्ने अवसरको रुपमा लिने गरेका छन् ।

उक्त साइटका अनुसार क्रिसमसपछिको दोस्रो सोमबारका दिन डेटिंग साइटमा सबैभन्दा धेरै ट्राफिक हुने गरेको छ । अर्थात् धेरै धोकेबाज मानिसहरुले ९ जनवरीका दिन नयाँ पार्टनर खोज्ने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment