Comments Add Comment

पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर विदा दिन सांसदहरुको माग

samsad-tanab-1

२६ पुस,काठमाडौं । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिन संसदमा माग गरिएको छ ।

व्यवस्थापिका संसदको मंगलवारको बैठकमा सुन्य समयमा बोल्दै एमाले सांसदहरुले पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

एमाले सांसद प्रकाश ज्वाला, पुरुषोत्तम पौडेल लगायतले नेपाल राष्ट्र एकीकरणको उनको योगदान भुल्न नहुने बताए । सांसद ज्वालाले भने-‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे, उनलाई सम्भिmनु अपराध होइन, उनलाई सम्झेर विदा दिने राज्यको कर्तव्य हो ।’

यसअघि राप्रपा र नेपाली कांग्रेसका केही सांसदले पनि पृथ्वी जयन्तीलाई राष्ट्रि एकताका दिवस मानेर पुस २७ गते विदा दिन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment