Comments Add Comment

२ हजार बर्ष पुरानो रुख ढल्यो

big-tree1

अमेरिकाको सबैभन्दा चर्चित रुख ढलेको छ । क्यालिफोर्नियामा आएको भीषण आँधीले करिव एक हजार बर्ष पुरानो यस आकर्षक रुख ढालिदिएको हो ।

यो रुखको बिशेषता यो थियो कि यसको फेदमा एउटा सुरुङ थियो जहाँबाट कार सजिलै पास गराउन सकिन्थ्यो ।

१३७ बर्ष पहिले यस रुखको भित्रबाट रोड बनाइएको थियो । तर लामो समयदेखि पर्यटक तथा अमेरिकीको आकर्षणको केन्द्रमा रहेको यस रुखले यस दशककै सबैभन्दा ठूलो आँधीको सामना गर्न सकेन ।

अमेरिकाको क्यालिफोर्निया र नावादामा पछिल्लो समय भारी बषर्ा भएको छ । जसका कारण थुपै्र इलाकामा बाढी आएको छ र धेरै रुखहरु ढलेका छन् ।

big-tree
सन् १८९९ मा यस रूखमुनि खिचिएको तस्वीर

द कलवराज बिग ट्री एशोसियसनले जव यस ऐतिहासिक बृक्ष ढलेको सूचना फेसबुकबाट दियो, यसबारे करिव २ हजारले प्रतिक्रिया दिए ।

समूहले आफ्नो फेसबुक पोष्टमा लेखेको थियो, ‘आँधी यसपटक यो रुखभन्दा निक्कै भिषण थियो ।’

एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘यस रुखको मुनि निक्कै यादहरु बनेका थिए, यो सधैं राम्रो यादहरुको रुपमा मानसपटलमा रहिरहनेछ ।’

अन्य मानिसहरुले पनि फेसबुकबाट प्रतिक्रिया दिँदै भनेका छन् कि यो रुखलाई काटेर सुरुङ बनाइएको थिएन भने यो अझै लामो समयसम्म बाँचिराख्ने थियो ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment