Comments Add Comment

बक्स अफिसमा कमजोर यी नायिका, जसलाई छैन फिल्मको अभाव

keki-benisha-nisha-ashisma
बक्स अफिसमा कमजोर बनेका कलाकारलाई निर्माता लगानी गर्न चाहँदैनन् । दर्शकले कलाकारको नाममा चलचित्र नै नहेर्ने हो भने, उनीहरुमाथि लगानी गर्नुको अर्थ नै के हुन्छ र ?

तर, नेपाली चलचित्रका केहि नायिकाको हकमा भने यो कुरा लागू भएको छैन । बक्स अफिसमा असफल भएपनि उनीहरुको हातमा चलचित्रको अभाव छैन । धेरै नायिकाहरु त जति धेरै चलचित्रमा अभिनय गर्‍यो, उती आफूलाई सफल ठान्छन् ।

नायिका नीशा अधिकारीलाई अहिले चलचित्रको अफर राम्रै आउन थालेको छ । ‘कुम्भ करण, रोमियो, मेरो देश’ उनको रिलिजका लागि तयार भएका चलचित्र हुन् । उनी आफै पनि निर्मात्री बन्दैछिन् । तर, उनी बक्स अफिसमा कमजोर नायिका हुन् । जसले गतिलो तरिकाले हिट नायिकाको स्वाद चाख्न नै पाएकी छैनन् ।

बक्स अफिसमा कमजोर भएपनि व्यस्त नायिकाको सूचीमा केकी अधिकारी पनि पर्छिन् । पौष २८ गते रिलिज हुन लागेको उनी अभिनित चलचित्र ‘लभ सासा’ यसकारण पनि चल्नुपर्छ । किनकी, हातमा चलचित्रको अभाव कहिल्यै नभएपनि उनी बक्स अफिसमा असफल नायिका हुन् ।

पौष २८ मै रिलिज हुन लागेको चलचित्र ‘किङ्ग’कि नायिका वेनिशा हमाल पनि बक्स अफिसमा पूर्ण असफल छिन् । उनको ‘ब्लाइन्ड रक्स र झुयानाकुटी’ छायांकनमा जान लागेका चलचित्र हुन् । तर, बक्स अफिसमा यी नायिका अहिलेसम्म सफल हुन सकेकी छैनन् ।

नायिका अशिष्मा नकर्मीको लागि पनि हिट चलचित्र आवश्यक छ । ‘राधे, संरक्षण, पीजडा-ब्याक एगेन’ जस्ता चलचित्र उनको हातमा छ । तर, अशिष्माका लागि पनि हिट चलचित्र आवश्यक छ ।

नायिकाको नाममै नेपालमा चलचित्र चलेका उदाहरण धेरै कम छन् । चलेका ब्यानर र मेकरका चलचित्रमा काम गरेर केहि नायिका हिट त भएका छन्, तर आफ्नै बलमा उनीहरु सफल छैनन् ।

प्रियंका कार्की, ऋचा शर्मा जस्ता नायिकाहरुका केहि चलचित्र बक्स अफिसमा हिट त छन् । तर, यी नायिकाहरुले सोलो अभिनय गरेका चलचित्र बक्स अफिसमा असफल भए ।
नेपाली चलचित्रको बजार अहिले पावरफूल बनिरहेको छ । तर, धेरै चलचित्रहरु कथावस्तु र मेकरका कारण पावरफूल देखिएका छन् । नायिकाहरुको प्रतिस्पर्धा चलचित्र क्षेत्रमा चर्को देखिएको अवस्थामा, अब बक्स अफिसमा कमजोर हुने जोकोहि नायिका पनि पछि पर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment