Comments Add Comment

को हुन् कुशनर ? जसको सल्लाहमा चल्छन् ट्रम्प

jyared_kushner

गत नोभेम्बरमा सबै मानिसहरु हृवाइट हाउसबाट राष्ट्रपति बराक ओवामा र डोनाल्ड ट्रम्प बाहिर निस्कन कुरिरहेका थिए, ठीक त्यति नै बेला क्यामरा हृवाइटहाउसको दक्षिण तिर रहेका एक मानिसको आसपास घुमिरहेको थियो । ती व्यक्ति ओवामाका चिफ अफ स्टाफ डेनिस म्याकडोनासँगको कुराकानीमा तल्लीन थिए ।

ती व्यक्ति ज्यारेड कुशनर हुन् । ३५ बर्षीय मृदुभाषी अर्वपति तथा ट्रम्पका ज्वाइँ, जसलाई ट्रम्पले आफ्नो कार्यालयमा सिनियर एड्भाइजर नियुक्त गरेका छन् ।

कुशनरले ट्रम्पको चुनाव प्रचार प्रसारमा निक्कै महत्वपूर्ण भूमिका निभाएका थिए । र भनिन्छ कि चुनाव प्रचारको डिजिटल रणनीति तयार गर्न र त्यसका लागि महत्वपूर्ण नियुक्ति उनैले गरेका थिए । अब राष्ट्रपति कार्यालयमा पनि उनको प्रभाव बढ्नेछ ।

कुशनर एक चर्चित प्रोपटी डेभलपर र न्युयोर्क अब्जर्भर अखवारका प्रकाशक हुन् । समाचारहरुमा जनाइएअनुसार ट्रम्प आफ्नी छोरी इवान्काका पती कुशनरका सल्लाहलाई महत्व दिन्छन् ।

न्युयोर्क अब्जर्भर अखवारका प्रकाशक तथा चर्चित प्रोपर्टी डिलर कुशनर लजालु स्वभावका छन् र चुपचाप आफ्नो काम गर्न मन पराउँछन् ।

न्युयोर्कको गगनचुम्बी भवन ‘६६६ फिप्थ एभेन्यू’ उनैको हो र एक समय निक्कै प्रभावशाली रहेको न्युयोर्क अब्जर्भर अखवारको मालिक उनी २५ बर्षको उमेरमै बनेका थिए ।

उनी एक कट्टर यहुदी हुन् र उनका हजुरबुबा हजुरआमा हिटलरले यहुदीमाथि गरेको नरसंहारबाट मुस्किलले बाँचेका थिए ।

ट्रम्पमाथि यहुदी बिरोधी भएको आरोपको खण्डन गर्दै उनले एकपटक भनेका थिए कि ‘ट्रम्प एक यस्ता व्यक्तित्व हुन्, जसलाई तपाई जस्तो देख्न चाहनुहुन्छ त्यस्तै छन् । तपाईं उनलाई नराम्रो नजरबाट हेर्नुभयो भने उनी नराम्रै हुनेछन्, जस्तो कि नस्लबाद’

कुशनर भन्छन् कि ट्रम्प तमाम यस्ता कुरा गर्न चाहन्छन्, जसबाट अन्य राजनीतिज्ञ बच्ने प्रयास गर्नेछन् ।

ivanka-and-kushner

कुशनरको जन्म न्युजर्सीमा भएको थियो । उनका दुई बहिनी तथा एक भाइ छन् । उनका पिता चार्ल्सले प्रोपर्टीको व्यवसायबाट खुव पैसा कमाएका थिए ।

राम्रो नम्बर ल्याउन नसकेपनि उनलाई हार्डवर्ड विश्वबिद्यालयमा भर्ना मिलेको थियो ।

ट्रम्पका पिता फ्रेड जस्तै कुशनरका पिता चार्ल्स पनि बिवादमा आएका थिए । चार्ल्सले करछलीको आरोपमा जेलसमेत जानुपरेको थियो ।

करछलीको साथसाथै आफूबिरुद्ध बयान दिनेमाथि दवाव दिएकोबारे पनि उनी दोषी पाइएका थिए । उनले स्वीकार गरेका थिए कि उनले आफ्ना ज्वाइँसँग यौनकर्मी पठाएर त्यसको भिडियो बनाइ बहिनीलाई दिएका थिए, ता कि आफ्नो बिरुद्धमा बयान दिएमा राम्रो हुनेछैन ।

जुन न्यायाधीशले कुशनरको पितालाई सजायँ दिएका थिए, उनको नाम क्रिश क्रिष्टी थियो । उनी अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन उम्मेदवारमध्ये एक थिए ।

समाचारहरुमा भनिएको छ कि कुशनरले नै उपराष्ट्रपतिको उम्मेदवारका लागि क्रिष्टीको स्थानमा माइक पेसलाई उठाउनुपर्छ भन्ने सल्लाह दिएका थिए ।

ट्रम्पजस्तै कुशनरसँग पनि राजनीतिबारे निक्कै थोरै अनुभव छ । उनले लेखेका पनि थिए कि सरकारमा कुनैपनि कामको रेखदेखका लागि व्यवस्था बाधक भइरहेको छ । जवकि बिजनेशमा रिजल्ट सबैभन्दा महत्वपूर्ण हुन्छ र म्यानेजरलाई यो छुट हुन्छ कि नाफा कमाउनका लागि कुन तरिका अपनाउँदा राम्रो हुन्छ ।’

केहि मानिसहरुको मान्यता के छ भने सरकारमा धेरै व्यवस्था यस कारण राखिएको हुन्छ ता कि कुनै व्यक्ति सत्ता आफ्नो हिसावले चलाउने प्रयास नगरुन् ।

उनले अखवार किनेको तीन बर्षपछि १५ बर्षदेखि सम्पादक रहेका पिटर कप्लनले राजीनामा दिएका थिए । त्यसपछिका ७ बर्षमा ६ पटक सम्पादक परिवर्तन गरिएको छ ।

ट्रम्पभन्दा बिल्कुल उल्टो कुशनर निक्कै शान्त स्वभावका छन् र क्यामराबाट टाढा रहन मन पराउँछन् । उनी सानो शरीरका छन् र मृदुभाषी छन् । र उनी आफ्नो उमेर भन्दा साना देखिन्छन् ।

तर ट्रम्पसँग उनको नजिकी यस कुराको प्रमाण हो कि अमेरिकी प्रशासनमा उनको प्रभाव निक्कै धेरै हुनेवाला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment