Comments Add Comment

मनाङ मर्स्याङ्दी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

manang-khaptad-gold-cup

२६ पुस, धनगढी । भुटानको ड्रुक फुटबल क्लवलाई २/० ले हराउँदै मनाङ मर्स्याङ्दी क्लव प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

कैलालीस्थित धनगढी क्षेत्रीय रंगशालामा राष्ट्रिय टोलीका स्टारहरुले भरिएको मनाङले शुरुवातदेखि नै आक्रामक फुटबल खेलेको थियो । उसले करिब आधा दर्जन अवसरहरु गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

उता राष्ट्रिय खेलाडीहरु सम्मिलित भुटानको बी डिभिजन च्याम्पियन ड्रुक फुटबल क्लबले भने मनाङलाई बलियो चुनौति दिन सकेन ।

दोस्रो हाफमा तालमेल गुमाउँदा भुटानी टोलीले दोस्रो हापको ५१औं मिनेटमा गोल खायो । मनाङका कप्तान अनिल गुरुङको पासमा बिदेशी स्ट्राइकर ओलावाले अफिजले गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए ।

मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे । उनले खेल सकिनुभन्दा १ मिनेटअघि गोल गरेका थिए ।

मनाङ बाई पाएर सिधै क्वाटरफाइनल पुगेको थियो भने भुटानी क्लवले बेष्ट काठमाण्डौलाई हराउँदै क्बाटर फाईनलको यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment