Comments Add Comment

बिजुलीमा लगानीको होडबाजी, २४ घण्टामै ५७ करोड !

सरकारले आवेदन मागेको भोलिपल्टै ९ हजार नेपाली जुटे

lagani-commitment-form
२६ पुस, काठमाडौं । सरकारले जलविद्युत आयोजनामा स्वदेशी लगानीका लागि अनलाइनबाट आवेदन लिन सुरु गरेको २४ घण्टामै ५७ करोडको प्रतिवद्धता आएको छ ।

उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको हो । यसको भोलिपल्ट अर्थात २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन दिनेको संख्या ९ हजार १ सय ६५ पुगेको छ ।

व्यक्तिगत रुपमा ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उर्जा मन्त्रालयले जनाएको छ ।

यो अवधिमा व्यक्तिगत बाहेक ६ वटा कम्पनीले पनि लगानीको प्रतिवद्धता जनाएका छन् । यी कम्पनीहरुले कम्पनीहरु २ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी गर्ने गरी आवेदन भरेका छन् ।

मंगलबार मात्रै ३ हजार २ सय ६४ जनाले लगानी गर्ने भन्दै आवेदन दिएका छन् । मंगलबार अपरान्ह ४ बजेसम्म १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

urja mantrayala
स्वदेशी लगानीमा नै ठूला आयोजनाहरु निर्माण गर्ने तयारीमा रहेको सरकारले जनतासँग लगानी प्रतिवद्धता खोजेको छ । ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ सरकारले नागरिकबाट प्रतिवद्धता लिने अभियान सुरु गरेको हो ।

सोमबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वेबसाइट सार्वजनिक गर्दै विद्युत आयोजनाको सेयर जनताको हातहातमा पुर्‍याउन लागेको बताएका थिए । सार्वसाधारणले माथिल्लो अरुण, दूधकोशी, तमोर र सुनकोशी-३ सहितका आयोजनामा सेयर लगानी गर्न सक्नेछन् ।

यसमा गैरआवासीय, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि सेयर लगानी प्रस्ताव गर्न सक्नेछन् ।

ऊर्जा मन्त्रालयले यसका लागि आˆनो वेबसाइटमा विशेष पेजको व्यवस्था नै गरेको छ । यसमा जानासाथ लगइन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ एकाउन्ट बनाएर व्यक्तिगत विवरण भरेर लगानीको प्रस्ताव गर्न सक्छन् ।

यो पनि पढ्नुहोस्

सरकारसँग मिलेर जलविद्युतमा लगानी गर्ने हो ? यसरी भर्नुहोस् अनलाइन फारम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment