Comments Add Comment

ग्रीन फ्लोरम्याक्सको शो-रुम ललितपुरको कुमारीपाटीमा

green-floormax
२६ पुस, काठमाडौ । चर्चित भारतीय फ्लोरिङ ब्राण्ड ग्रीन फ्लोरम्याक्सको आधिकारिक सोरुम ललितपुरको कुमारीपाटीमा खुलेको छ ।

ग्रीनप्लाईको उत्पादन ग्रीन फ्लोरम्याक्सलाई केडिया अर्गनाइजेसन अन्तरगतको आरआईपीएल इन्टरनेशनल प्रा.लि.ले नेपालमा आयात तथा बिक्रिबितरण गर्दै आएको छ ।

सोरुपमको उद्घाटन मंगलबार केडिया अर्गनाइजेसनका अध्यक्ष अनिल केडिया तथा ग्रीनप्लाईका कन्ट्रीहेड विकाश मारवाले संयुक्तरुपमा गरे ।

आरआईपीएलका निर्देशक आयुष केडियाका अनुसार कुनैपनि फ्लोरिङ ब्राण्डले नेपालमा कन्सेप्ट सोरुपमा स्थापना गरेको यो पहिलो हो । उनका अनुसार यहाँ ग्राहकले फ्लोरिङ हेर्न र त्यसलाई नजिकबाट अनुभव गर्न पाउनेछन् । यो सोरुमबाट खुद्रा बिक्रि हुनेछैन् ।

फ्लोरम्याक्ससँग १८ पि्रमियम र २० क्लासिक गरी कुल ३८ वटा डिजाइन सेड उपलब्ध छन् । ठूला घरेलु तथा ब्यबसायिक प्रयोजनका लागि ग्रीन फ्लोरम्याक्सका उत्पादन उपयुक्त मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment