Comments Add Comment

कतार उड्नुअघि परराष्ट्रमन्त्रीले भने-श्रम सम्झौताको वातावरण बनाउँछु

२६ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सरकारले कतारमा रहेका नेपाली श्रमिकको उचित सेवा, सुविधा र सुरक्षासहितको श्रम सम्झौताको वातावरण बनाउने बताएका छन् ।

नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४० औं वर्षगाँठको अवसरमा मंगलबार कतार प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चाकरर्मीमाझ कुरा गर्दै परराष्ट्र मन्त्री महतले नेपाली श्रमिकका अधिकार र सेवा सुविधा थप गर्नेबारे आफूले कतारका उच्च पदस्थ अधिकारीहरुसँग छलफल गर्ने बताए ।

Prakash-Sharan-Mahatउनले अर्धदक्ष र अदक्ष नेपाली कामदारको प्राथमिकताका कतार परेपनि अन्तर्राष्ट्रिय मापदण्ड र आइएलोको प्रावधानअनुसार श्रम सुरक्षा र सुविधा नपाएकाले त्यसलाई्र मजबुद बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गरेे । मन्त्री महतले सबै मुलुकमा समान रुपमा श्रम संझौता गरेर नेपाली कामदारको सुरक्षा र क्षमता अनुसारको काम मात्र गर्ने वातावरण बनाउन आफ्नो भ्रमण केन्दि्रत हुने पनि बताए ।

परराष्ट्रमन्त्री महतले दुई दिने भ्रमणका क्रममा कतारका अमिर शेख तमिम बिन अलथानी, विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिस अथानी र श्रम मन्त्री इशाबिन साद अल जफैल अल नुएमीसँग कुटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

माघको दोस्रो साता प्रधामन्त्री पुष्पकमल दाहालले गर्ने दोहा भ्रमणको तयारीमा पनि मन्त्री महतको भ्रमण केन्दि्रत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारमा हाल करिब चार लाख नेपाली कार्यरत रहेको सरकारी आँकडा छ ।

१९७७ मा नेपालसँग कुटनीतिक सम्बन्ध स्थापित भएको कतारमा सन् २००४ मा कतारमा नेपाली दुतावास स्थापना भएको थियो । तर कतारले भने त्यसको आठ वर्षपछि सन् २०११ मा मात्र नेपालमा दुतावास स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment