Comments Add Comment

हट प्रियंकासँग रंगिन संसारमा मातिन तयार दयाहाङ

priyanka-karki
चैत्र १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’को लिरिकल अडियो सार्वजनिक गरिएको छ । एम सन पिक्चर्सका लागि भानुप्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रको ‘हि्विस्की मिलाउ’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो ।

विनोद ढकाल, सोमिया बराइली, किरण माइकलको यसमा स्वर छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, ए गुरुङ, मेलिना मानन्धर, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ । राज कटुवाल र निराजन थापा यहि चलचित्रबाट रजतपटमा डेब्यू गर्दैछन् ।

विनोद ढकाल, किरण माइकल, डिजराज पौडेलको संगीत रहेको यो चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । अनिम श्रेष्ठ र राज केसीको निर्माणमा तयार भएको यो चलचित्रमा मनोजराज भण्डारी र दीपक श्रेष्ठ सह-निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment