शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

पृथ्वीनारायणलाई कस्तो आँखाले हेर्ने ? श्याम-श्वेत कि खैरो ?

शास्त्रीय विवादको महाभारत र सार्वजनिक विदाको सान्दर्भिकता

prithvi-narayan-shah

नेपालमा पुस २७ गतेको सेरोफेरोमा हरेक वर्ष पृथ्वीनारायण शाहलाई हेर्नेबारेमा दुई भिन्न धारहरु देखा पर्छन् । ती धारहरुको निरन्तर टकरावले सधैं एकप्रकारको अनिश्चितता सिर्जना गर्दछ । उनले गरेका काम र त्यसका सकारात्मक-नकारात्मक परिणामको बारेमा निरन्तर प्राज्ञिक बहस आवश्यक छ । तर, राज्य सधैंभर यसरी अनिश्चितता रुमलिनु हुँदैन ।

विश्वमा साम्राज्यको चरित्र

तात्कालीन गोरखा सामाज्यका राजा पृथ्वीनारायण शाहको बारेमा चर्चा गर्नुअघि साम्राज्यको बारेमा सामान्य चर्चा गरौं । कुनै निश्चित संख्यामा छिन्नभिन्न सांस्कृतिक पहिचान भएका जनताहरु र असीमित फैलाउन सकिने आकांक्षासहितको गतिशील भूगोल भएमा कुनैपनि साम्राज्यको निर्माण हुन्छ ।

साम्राज्य भनेको विगत २५०० बर्षदेखि विश्वमा सबैभन्दा बढी प्रचलित एक राजनैतिक व्यवस्था हो । कुनै पनि साम्राज्य निर्माण गर्न र त्यसलाई टिकाउन आमहत्या, बचेकाहरु माथि दासत्व र शासन अस्वीकार गर्नेहरुमाथि निर्वासन जस्ता हतियारहरुको प्रयोग भएको पाइन्छ ।

सायद विश्वको पहिलो सामाज्य अक्काडिएन साम्राज्य (२२५० विसीमा निर्माण भएको) देखि पृथ्वीको एक चौथाइ भूभागमा राज गर्न सफल भएको वेलायती साम्राज्यसम्म, अहिलेसम्म संसारभर बनेका वा बनाइएका जुनसुकै सामाज्य भनेको नै एक प्रकारको शोषण र उत्पीडनको उद्यम हो ।

आजसम्म दुनियाँमा निर्माण भएका अधिकांश साम्राज्यहरु आमजनताको कत्लेआम, स्थानीय संस्कृतिको निषेध गर्दै र आफ्नो संस्कृति जर्बरजस्ती लाद्दै र आफूभन्दा भिन्न संस्कृति भएकाहरुको शोषण र उत्पीडनको जगमा नै निर्माण भएका हुन् । अहिलेसम्म निर्माण भएका प्रत्येक सामाज्यहरुले गरेका अपराधहरु फेहरिस्ते केलाउने हो भने नयाँ महाभारत तयार गर्न सकिन्छ ।

कुनै साम्राज्यको स्थापना गर्ने व्यक्ति चाहे पृथ्वीनारायण शाह हुन् वा अन्य कोही, उनीहरुको देवत्वकरण वा दानवीकरण दुवै अतिवाद हुन्

पृथ्वीनारायण शाहले विस्तार गरेको तात्कालीन गोरखा साम्राज्य र सामन्ती राजा पृथ्वीनारायण शाह पनि त्यसको अपवाद थिएनन् । राजा पृथ्वीले पनि गोरखा साम्राज्यलाई विस्तार गर्न र टिकाउन लडाई, हत्या, विरोधीहरुको शोषण, दमन र उत्पीडनलाई हतियार बनाएका थिए । तर भूल्न नहुने कुरा, विश्वभरका साम्राज्यले गरेका अपराध र कुकृत्यहरुको मात्रै होइन, उपलब्धिहरुको पनि संग्रह गर्ने हो भने नयाँखाले महाभारत लेख्न सकिन्छ ।

त्यसकारण, कुनै सामाज्यको स्थापना गर्ने व्यक्ति चाहे पृथ्वीनारायण शाह हुन् वा अन्य कोही, उनीहरुको देवत्वकरण वा दानवीकरण दुवै अतिवाद हुन् । त्यसैले कुनै पनि साम्राज्य र त्यसको निर्माताको मूल्यांकनमा पूर्ण कालो (ब्ल्याक) वा सेतो (ह्वाइट) मसी प्रयोग गरिनु हुन्न । पृथ्वीनारायण शाहको हकमा पनि त्यो कुरा लागु हुन्छ ।

महाभारतको प्रशंगः प्रकृया (प्रोसेस) र परिणाम (रिजल्ट) कुन ठीक ?

जसरी साम्राज्यको कुकृत्य र उपलब्धीको मूल्यांकनमा सेतो र कालो मसीले मात्रै लेख्न सकिदैन । त्यसरी नै प्रकृया र परिणाम मध्ये कुनलाई प्रधान मान्ने भन्ने कुरा पनि सेतो वा कालो रंगजस्तो सपाट हुँदैन ।

प्रकृया ठीक हुनपर्छ भन्नेले परिणामको बेवास्ता गरेका हुन्छन् भने परिणामलाई प्रधान मान्नेहरुले प्रकृया गलत भए पनि परिणाम सही निक्ले त भइहाल्यो नि भन्ने तर्क गर्दछन् ।

प्रकृया तात्कालीन कामसँग सम्बन्धित हुन्छ भने परिणाम भविष्यप्रति । तात्कालीन रुपमा असल काम गर्ने (प्रकृया प्रधान) वा जसरी भए पनि असल परिणाम ल्याउने (परिणाम प्रधान) वीचको शास्त्रीय दुविधा (classic dilemma) सधैं देखिन्छ ।

महाभारतको कथामा यो शास्त्रीय दुविधालाई दुई पात्र युधिष्ठिर र विदुरमार्फत प्रस्तुत गरिएको छ । तर, कुन ठीक (धर्म) हो भनेर स्पष्टसँग भनिएको छैन । मेरो विचारमा, तात्कालीन प्रकृयाको पक्षधरता युधिष्ठिरमा छ भने परिणामको ख्याल गर्नुपर्छ भन्ने मान्यता विदुरमा ।

महाभारतको कथामा, आफ्नो भागमा परेको हस्तिनापुर राज्यलाई पाण्डवहरुको सौर्य र कौशलले समृद्धशाली बनाएको देखेर दुर्योधनलाई डाहा लाग्छ । भाञ्जाको डाहा र त्यसले जन्माएको पीडा देखेर, दुर्योधनका मामा सकुनी भन्छन्, पाण्डवहरुलाई हराउन कुशल रणनीति चाहिन्छ । पासा खेल्न भनेपछि हुरुक्कै हुने युधिष्ठिर सकुनीको पासा खेल्ने अनुरोधलाई सहजै स्वीकार गर्छन् । स्वाभाविक रुपमा सकुनीले पासामा झेलसमेत गरेकाले युधिष्ठिरले आफू, आफ्ना भाइहरु र श्रीमतीसहित सर्वश्व गुमाउँछन् ।

एक प्रसंगमा युधिष्ठिरलाई द्रौपदी र भीमले आफ्नो कला नभएको र षडयन्त्र रचिएको जुवाको खालमा किन बसेको भन्ने प्रश्न गर्छन् । युधिष्ठिरको जवाफ हुन्छ, क्षेत्रीयको धर्म भनेको कुनै पनि किसिमको तात्कालीन चुनौतिलाई स्वीकार गर्नु हो । आफू क्षेत्रीय भएकाले आफूले आफ्नो धर्मको पालना गरेको उनी बताउँछन् ।

जुवामा ढंग नभएका युधिष्ठिरलाई संसारकै सबैभन्दा कुसल पासा (पचीसी) वाज सकुनीसँग जुवामा हार्छु भन्ने परिणामको ख्याल हुँदाहुँदै पनि उनले प्रकृयालाई प्रधान माने र जुवाको खालमा बसे । महाभारतको कथामा युधिष्ठिरले सधैंभरि प्रकृयालाई प्रधान ठानिरहे । यतिसम्म कि मरेपछि पाँच पाण्डवहरु मध्ये उनीमात्रै एक्लै स्वर्ग जान पाउँछन् । तर, स्वर्ग जानेबाटोमा उनको पछिपछि भुस्याहा कुकुर लाग्दछ र त्यसलाई सँगै लिएर जान्छन् । तर, स्वर्गको ढोकामा पुगेपछि स्वर्गका देवता इन्द्रले त्यो कुकुरलाई स्वर्गमा स्थान नभएको वताएपछि आफुसँगै आएको कुकुर जान नपाउने भए आफू स्वर्ग नजाने बताउँछन् ।

आजको दिनमा स्वर्ग जाने जस्तो असल परिणामलाई यसरी प्रकृया गलत भएको भन्दै त्याग्ने मान्छे भेट्टाउन मुस्किल छ ।
त्यसकारण, महाभारतमा युधिष्ठिर सधैं परिणाम जेसुकै भए पनि प्रकृया न्यायपूर्ण हुनुपर्दछ भन्ने पक्षमा देखिन्छन् ।

पृथ्वीनारायण शाहको मूल्यांकनमा पनि प्रकृया र परिणामवीचको यो शास्त्रीय दुविधा देख्न सकिन्छ । एकथरि भन्छन्, उनले खराब काम गरेका हुन्, परिणाम जेसुकै भएता पनि । अर्काथरि भन्छन्, उनको कामको परिणामले आज नेपाल बनेको हो

तर, त्यही महाभारतको कथाका एक नामुद विद्वान विदुर एक प्रसंगमा भन्छन्, यदि एकजना मान्छेको वलिदानले सिंगो परिवार र एउटा गाँउको वलिदानले एउटा राष्ट्र बाँच्न सक्छ भने त्यो बलिदान सही हुन्छ ।

विदुरनीतिमा प्रकृया जतिसुकै खराब भए पनि त्यसले धेरै मान्छेको हित गर्छ भने त्यो नै धर्म हो भन्ने मत पाइन्छ ।

युधिष्ठिरको आँखा र विदुरको नीति कुन सही, कुन गलत ? प्रकृया र परिणामको यो शास्त्रीय बहस अहिलेसम्म पनि जारी छ ।

जस्तो-कुनै लुटेराले धनी वा भ्रष्ट्राचारी मान्छेको धन लुटेर गरिब मान्छेहरुलाई बाँड्ने हो भने त्यो कामलाई सही भन्ने कि गलत ? अथवा, कुनै एकजना बच्चालाई मारेर पाँचजना बचाउने काम सही वा गलत भन्ने ? मलाई लाग्छ, यस्ता प्रश्नहरुको जवाफ सेतो वा कालो हुँदैन, त्यहाँ सधै खैरो रंग (ग्रे एरिया) हुन्छ ।

पृथ्वीनारायणको मूल्यांकन कसरी गर्ने ?

पृथ्वीनारायण शाहको मूल्यांकनमा पनि प्रकृया र परिणामवीचको यो शास्त्रीय दुविधा देख्न सकिन्छ । एकथरि भन्छन्, उनले खराब काम गरेका हुन्, परिणाम जेसुकै भएता पनि । अर्काथरि भन्छन्, उनको कामको परिणामले आज नेपाल बनेको हो, यसमा सही वा गलत भन्ने कुरै छैन दुबै तथ्य हुन् ।

तर, उनले गरेको प्रकृयागत काम भने इतिहास बनेको छ । र, त्यसले ल्याएको परिणाम हामीले भोगिरहेका छौं । सायद भविष्यमा पनि भोगिरहने छौं । त्यसकारण उनले राज्य विस्तारको क्रममा अपनाएका प्रकृयाहरुलाई अध्ययन अनुसन्धानको प्राज्ञिक बिषय मात्रै बनाइनु पर्दछ । तर, उनको कामले ल्याएको परिणामको भने व्यवहारिक महत्व छ । यसकारण परिणाम राम्रो छ भने स्वीकार गरौं (जस्तो नेपाल निर्माण) ।

नराम्रा कामहरु, जस्तै-उनले गरेका राज्यमा उनलाई खास सहयोग गरेका बिसे नर्खचीका सन्तानहरुलाई पाखा लगाउने र जोखाना हेर्ने जैसीका सन्तानहरुलाई काखा भएको छ भने त्यसलाई सच्चाऊँ । सायद त्यो नै व्यवहारिक हल हुन सक्छ ।
भारतमा बेलायतले निर्माण गरेको रेल सन्जाल (भलै त्यो बेलायती साम्राज्य टिकाउनकै लागि निर्माण भएको थियो) त्यसलाई भारतीयहरुले भत्काएका छैनन्, बरु विस्तार गरेका छन् ।

कुस्तीले भरिएको भारतमा अंग्रेजहरुले भित्राएको क्रिकेट खेललाई उनीहरुले अहिले फिरंगीको खेल भनेर विस्थापित गरेका छैनन्, बरु त्यसलाई भारतीय स्वाभिमानसँग जोडेका छन् ।

हामीले पनि भीम समशेरले चलाएको शनिबारको सार्वजनिक विदालाई अहिलेसम्म पनि मानिरहेका छौं, त्यो चलनलाई राणा शासनको अवशेषका रुपमा हेरेका छैनौं ।

त्यसकारण इतिहास भैसकेका पृथ्वी नारायणको मूल्यांकनमा प्रकृया र परिणाम दुवै दृष्टिले हेरिनुपर्दछ । तर, विडम्बना ! यदि पृथ्वीनारायणसँगै प्रचण्डलाई जोडिदिने हो भने नेपाली समाजको दोहोरो चरित्र यहाँ स्पष्टसँग देख्न सकिन्छ । यहाँ प्रचण्डलाई किन जोड्न खोजेको भने, सम्भवत नेपालको आधुनिक कालखण्डमा पृथ्वीनारायणको पालापछि आन्तरिक युद्धमा सबैभन्दा बढी मान्छे प्रचण्ड अगुवाइमा भएको युद्धमा मरे । यो युद्धमा प्रचण्डले सारेको गणतन्त्रको एजेण्डा विजयी भयो, प्रकृया जति नै क्रुर भएता पनि । तर, नेपालमा पृथ्वीनारायणको मूल्यांकनमा परिणामलाई प्रधान मान्नेहरु प्रचण्डको मूल्यांकनमा चाँहि प्रकृयाको पक्षमा देखिन्छन् ।

प्रचण्डको मूल्यांकनमा परिणामलाई प्रधान मान्नेहरु पृथ्वीनारायणको मूल्यांकनमा भने प्रकृयालाई अगाडि सार्छन् ।

सार्वजनिक विदा दिने कि नदिने ?

नेपाल सरकारको सार्वजनिक विदाको चयन गर्ने तरिका हेर्दा लाग्छ, हामी जुद्धसम्शेरका पालामा नै छौं । भनिन्थ्यो, जुद्ध सम्शेरका पालामा दरबारमा बच्चा जन्मिएको खुशीमा विदा हुन्थ्यो, जनतालाई अबिरजात्रा गर्न भनिन्थ्यो ।

अहिले पनि हाम्रो सार्वजनिक विदा दिने नदिने भन्ने कुरा त्यस्तै हचुवा, सतही र मन्त्रिपरिषदको तजबिजमा आधारित छ, जसको कुनै मापदण्ड छैन । त्यसैले गर्दा एउटै प्रोटोकलको मान्छेको मृत्युमा कहिले विदा दिइन्छ कहिले दिइँदैन ।

कुनै मान्छेको जन्म वा मृत्युमा सार्वजनिक विदा दिनु भनेको सामन्ती संस्कृतिको निरन्तरता मात्रै हो । आधुनिक संसारमा यस्तो चलन हराइसकेको छ ।

उदाहरणका लागि सिंगापुरलाई यहाँसम्म ल्याउन ज्यादै महत्वपूर्ण भूमिका निभाएका त्यहाँका पूर्वप्रधानमन्त्री लि क्वान यु मर्दा समेत त्यहाँ विदा दिइएन । सार्वजनिक बिदा दिएर प्रत्येक वर्ष जन्मजयन्ती मनाउनु त परको कुरा, जन्मनु-मर्नु एउटा स्वाभाविक जैविक प्रकृया हो ।

कुनै पनि व्यक्तिको जन्म-मृत्युसँग जोडेर सार्वजनिक विदा चयन नगर्ने स्पष्ट मापदण्ड बनाउने हो भने यो विषय कहिल्यै पनि विवादित बन्दैन ।

कृषिमा आश्रित समाजमा कुनै निश्चित दिनहरु हुन्थे, जसमा खन्ने, जोत्ने काम बर्जित हुन्थ्यो । अर्थात विदा हुन्थ्यो, त्यो स्वाभाविक हुन्थ्यो । तर, अहिले देशले सार्वजनिक विदा दिँदा त्यसको ठूलो आर्थिक भार बहन गर्नुपर्ने हुन्छ ।

त्यसकारण विदासँगै ठूलो आर्थिक पक्ष जोडिएर आउँछ । विदाको निर्धारण निश्चित मापदण्डअनुसार आर्थिक पक्षलाई मध्यनजर गरेर वर्ष शुरु हुँदा नै गरिनु पर्छ । जसले गर्दा मान्छेहरुले आफ्ना भेटघाट भ्रमण जस्ता आर्थिक कार्य गर्न सकुन् । जसले गर्दा देशको अर्थतन्त्रलाई पनि टेवा पुगोस् ।

उदाहरणका लागि बेलायतको महारानी एलिजावेथको जन्मदिनको विदा दिने दिन पनि कमनवेल्थ राष्ट्र अनुसार फरक छ, निश्चित छैन ।

पृथ्वीनारायणलाई भयंकर ठान्नेहरुले उनको सालिकसामु गएर वा उनको भजन गीतापाठ गर्न पुस २७ कुरिराख्नुपर्दैन । उनीप्रति सकेको सम्मान प्रकट गर्न जो कोही पनि स्वतन्त्र छ । तर, राज्यले व्यक्तिको जन्म-मृत्यसँग जोडेर सार्वजनिक विदा दिई वाध्यकारी स्थितिको सिर्जना गर्न भने हुँदैन, चाहे त्यो व्यक्ति जतिसुकै महान किन नहोस् ।

अन्त्यमा,

सधैंभरि सहमतिको रटान दोहर्‍याउने नेपालका राजनैतिक दलहरुले कुनै एक निश्चित दिन (घमाइलो, मौसम राम्रो हुने आइतबार वा सोमबार) लाई नेपाल स्थापना दिवस र लोकतन्त्र दिवस भनेर सार्वजनिक विदा दिने सहमति गरे राम्रो हुन्थ्यो । मान्छेहरु घुम्न निस्कन्थे, आन्तरिक पर्यटनलाई टेवा पुग्थ्यो ।

ट्विटर: @uttambabu

२०७३ पुष २७ गते १५:०० मा प्रकाशित

लेखक परिचय

डा. उत्तमबाबु श्रेष्ठ

वातावरण विज्ञानमा अमेरिकाबाट विद्यावारिधी गरेका श्रेष्ठ, समसामयिक विषय विषेशगरि विज्ञानप्रविधी निति, वातावरण र मानवसम्बन्धको अध्ययन, अनुसन्धानमा रुची राख्छन् । फोटोग्राफिको शौखिन उनका फोटोहरुले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१२ प्रतिकृयाहरू प्राप्त
  • मोहन G लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १२:५६

    सधैंभरि सहमतिको रटान दोहर्‍याउने नेपालका राजनैतिक दलहरुले कुनै एक निश्चित दिन (घमाइलो, मौसम राम्रो हुने आइतबार वा सोमबार) लाई नेपाल स्थापना दिवस र लोकतन्त्र दिवस भनेर सार्वजनिक विदा दिने सहमति गरे राम्रो हुन्थ्यो । मान्छेहरु घुम्न निस्कन्थे, आन्तरिक पर्यटनलाई टेवा पुग्थ्यो ।

    4
    3
    Share

  • Nepali babu लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:१६

    bida nadiyeko ma kehi chaina prithvi narayan lai hami jahile man bata samjhinchau tara india ko mantri aauda chai sarbajanik bida dine ,jasle nepal ko lagi tetro gare usko lagi chai sochda ni nasochne kina ???? janta janna chahanchan?????? janata ko lagi nepal sarkar banya ho ki india ko lagi sarkar bhanya ho?

    4
    3
    Share

  • बद्रि प्रसाद लामिछाने, मकवानपुर गढी - ६ लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२९

    ‘पृथ्वीनारायण शाह’, ‘नेपाल एकिकरण’, ‘पौष २७’ र ‘सार्वजनिक विदा’ को प्रसंगमा उठेका अनगिन्ती वाद-विवादको सन्दर्भमा मैले अहिलेसम्म पढेका मध्ये सबैभन्दा वस्तुपरक र यथार्थिक विश्लेषण लाग्यो यो लेख ।

    11
    8
    Share

  • ABConline लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:४०

    Nice observation:
    नेपालमा पृथ्वीनारायणको मूल्यांकनमा परिणामलाई प्रधान मान्नेहरु प्रचण्डको मूल्यांकनमा चाँहि प्रकृयाको पक्षमा देखिन्छन् / प्रचण्डको मूल्यांकनमा परिणामलाई प्रधान मान्नेहरु पृथ्वीनारायणको मूल्यांकनमा भने प्रकृयालाई अगाडि सार्छन्/

    3
    6
    Share

  • Bindu लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:१७

    हनुमान गिरीको हद नाघ्यो उत्तम जि ।
    प्रचन्डको तुलना प्रिथिबी नारायण सँग गर्ने कुचेस्टा गर्दै हुनुहुन्छ घुमाई -फिराई —
    बिन्दु प्याकुरेल , बेल्जियमबाट .

    21
    11
    Share

  • sasang lama लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:५९

    उतमजीको अति उतम लेख ! प्रिनासा जयन्तीमा हत्ते हालेर बसेकाहरुले एकचोटी पढदा हुन्थ्यो !

    0
    5
    Share

  • Ang Sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते २:०८

    जे जस्तो सुकै पाराले वा आँखाले हेरे पनि आखिर शाहबाद र ब्राह्मणबाद के फरक देखिएको छ त ?सब एकै ढ्याङ्ग मुलाहरु हुन् !”ताग परे तिवारी नत्र गोतामे,

    2
    7
    Share

  • sushil लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ९:०४

    जसले जे भने पनि पृथ्वी जयन्तीमा बिदा दिनु पर्छ बरु दशैंमा छुट्टि चाहिन्न

    3
    0
    Share

  • dinesh लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १२:२२

    कता कता प्रचन्ड को हनुमान को झलक आउछ र प्रिथ्बी नारायण शाह प्रती केही नकारात्मक भाव स्पस्ट देखिन्छ । प्रचन्ड र प्रिथ्बी नारायण शाह लाई एउटै कित्तामा राख्ने कुचेस्टा कदापी नगर्नु होला ।

    11
    0
    Share

  • मकान सिं लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १२:३२

    यत्तिका तर्कपुर्ण लेखलाई पनि बूजपचायर जिब्रोचपाएर बस्नु भनेको बैमानि नियत कु नियति नै हुन्छ

    2
    4
    Share

  • राजेन्द्र सिहं भण्डारी लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १५:१२

    तुलना गर्दा विवाद कायम नै रहन्छ तुलना एक अर्कोमा तुलना हुने यी दुवै हुदै होइनन।आपका ना बापका जस्तै लेखको आशय देखिन्छ।एकको सन्दर्भ नेपालको स्थापनासँग छ जो सबैले स्वीकार्नै पर्छ अर्कोको त्यो स्थापित देशमा आफनो शासन चलाउने पक्षसँग छ।त्यसकारण पृथ्वी नारायण शाहकै पल्ला भारी छ। विज्ञान सम्मत लेख ठिक छ तर विज्ञानले मात्रै सवै हल हुन्छ भन्ने होइन। देश विज्ञानले मात्र चल्दैन।

    1
    0
    Share

  • राजेश लेख्नुहुन्छ    |   २०७३ पुष २९ गते ११:२१

    लेखमा भयको विचार अत्यन्त सान्दर्भिक लाग्यो . लेखमा बिदा दिनै पर्छ र बिदा दिनै हुन्दैन भनेर किटानी नभनेको पनि राम्रै लाग्यो.

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this