Comments Add Comment

केकी र कर्माको ‘लभ सासा’ प्रिमियर

keki-reeema-richa-priyanka-barsa
प्रेमको कथा भन्ने चलचित्र ‘लभ सासा’को रेड कार्पेट प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ । रातो कार्पेटमा रातो पहिरनले सजिएका केहि नायिका, चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थितीमा प्रिमियर भएको हो ।

पौष २८ गतेबाट रिलिज हुने यो चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । प्रचण्डले निर्माता माधव वाग्लेसँग मिलेर यो चलचित्र निर्माण गरेका हुन् । केकी अधिकारी, कर्मा र आशिफ शाह मुख्य भूमिकामा रहेको यो चलचित्रले प्रेमको कथा भन्छ ।
love-sasa-premier-1 love-sasa-premier-3 love-sasa-premier-5
नायिका केकी अधिकारीलाई शुभकामना दिन नायिकाहरुको उपस्थिती हलमा बाक्लो थियो । केकीका अलवा ऋचा शर्मा, प्रियंका कार्की, वेनिशा हमाल, बर्षा राउत, रीमा विश्वकर्मा लगायतका नायिका हलमा पुगेका थिए । love-sasa-premier-4 love-sasa-premier-8 love-sasa-premier-9
रेड कार्पेटमा फोटो खिचाउन यी नायिकाहरुको तछाडमछाड देखियो । अष्ट्रेलियाबाट फर्किएकी केकी र फोटो पत्रकारिता गर्दै गरेका ‘कर्मा’ विचको प्रेम कथामा यो चलचित्र तयार भएको छ । ‘भिसा गल’पछि प्रचण्डले ‘लभ सासा’को निर्देशन गरेका हुन् ।love-sasa-premier-6

तस्बिरः श्रीधर पौडेल/कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment