Comments Add Comment

अर्जेन्टिनी राजधानीमा रहेको मेस्सीको प्रतिमा तोडफोड

 

messi-statue

२७ पुस, काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा अवस्थित प्रतिमा तोडफोड भएको छ ।

गत जुन महिनामा अनावरण गरिएको तामाको प्रतिमामा कम्मरमाथिको भाग काटिएको छ ।

तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण प्रक्रिया भइरहेको जानकारी दिएका छन् ।

मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।

मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा अवस्थित थियो, जहाँ अर्जेन्टिनाका खेल स्टारहरुको प्रतिमा राखिएको छ । टेनिस स्टार गावि्रयल सावातिनी र बास्केटबल खेलाडी म्यानुअल गिनोविलीको प्रतिमा त्यहाँ छ ।

यो क्षेत्रका मुर्तिहरु पहिले पनि चोरहरुको निशानामा पर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment