Comments Add Comment

लोकमान नांगिए जसरी सरकार नांगियोः ओली

KP Sharma Oli, UML Chairman 1

२७ पुस, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको योग्यता र लोकमान सिंह कार्कीको योग्यता उस्तै भएको टिप्पणी गरेका छन् । उनले लोकमान सिंह कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएजस्तै सरकार पनि अयोग्य भएको ओलीले बताए ।

प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लोकमान नांगिए जसरी यो सरकार पनि जनताका बीच नांगिदै गएको जिकिर गरे ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धनबाट सरकार बनेको भन्दै उनले अहिलेको सरकार गठन प्रक्रिया नै गलत भएको र त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको बताए ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै ओलीले सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए ।

उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्‍याए ।

पूर्वराजा ज्ञानेन्ऽ शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment