मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

पुनर्निर्माण प्राधिकरणको सिईओ ज्ञवाली बर्खास्त, डा. पोखरेल नियुक्त

अन्यायपूर्ण निर्णयविरुद्ध अदालत जान्छु: ज्ञवाली

अनलाइनखबर

sishil-gawali-and-govinda-pokhreal

२७ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । र, योजना आयोगका पूर्व उपाध्यष डा. गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो । पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

त्यसको जवाफ चित्तबुझ्दो नआएको भन्दै फेरि २४ घन्टे स्पष्टीकरण सोध्यो । यो निर्णयअघि नै उनलाई बर्खास्त गर्ने सहमति भएको थियो तर, प्रक्रिया पुर्‍याउन भन्दै मन्त्रिपरिषद्को कार्यालयले २४ घन्टे स्पष्टीकरणका लागि पत्र काट्यो ।

ज्ञवालीले भने स्पष्टीकरण नसोध्दै प्रमुख विपक्षी एमालेको आडभरोसामा आफूलाई हटाए अदालत जाने धम्की दिए । र, दुबै स्पष्टीकरणको जवाफमा उनले आफू ५ वर्षका लागि आएको भन्दै हटाउने कुनै आधार नभएको दाबी गरे ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्राधिकरणको सीईओ नियुक्त गरेको थियो ।

नयाँ सीईओमा पोखरेल

मन्त्रिपरिषदको बुधबारकै बैठकले पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।

उनी योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । र, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो ।

उनी कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पनि उठेका थिए । तर, पराजित भए ।

पोखरेल-ज्ञवाली एकअर्कालाई हटाउँदै

२०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष पोखरेललाई नै प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो ।

र, अध्यादेशमार्फत प्राधिकरण गठन भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा संसद सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भए । प्राधिकरणसम्वन्धी विधेयक बनाउने क्रममा पनि कांग्रेसले पोखरेललाई नै सीईओ बनाउनु पर्ने जोड दिएको थियो ।

तर, सरकारको नेतृत्व गरेको एमालेले मानेन । र, ज्ञवालीलाई सीईओ बनाए । अहिले तीनै ज्ञवालीलाई हटाएर सरकारले पोखरेललाई फेरि सीईओ बनाएको छ ।

अन्यायपूर्ण निर्णयविरुद्ध अदालत जान्छु

यसैबीच ज्ञवालीले साँझ ६ बजेतिर बर्खास्ती पत्र बुझेका छन् । र, उनले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।

२०७३ पुष २७ गते १५:४५ मा प्रकाशित (२०७३ पुष २८ गते ६:४०मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३० प्रतिकृयाहरू प्राप्त
  • Shekhar लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १२:४५

    Congratulation Dr. Saab. I wish speedy reconstruction of earthquake victim’s homes.

    63
    60
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:०२

    Dr. Saheb ko karya-kal “JUN JOGI AAYE PANI KAN NAI CHIREKO” jasto nahos. Congratulations and all the best….

    26
    2
    Share

  • Pradip Acharya लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:१७

    Congratulation Dr pokheral

    19
    13
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:१८

    KAM GARNA NASAKNE JUNSUKAI PARTI KA HUN WA JO SUKAI HOSH HATAUNAI PARCHHA ABA NEPAL MA DHILA SUSTI GARNE RA RAAJANITI KARNE KARMACHARI BHANDA KULMAN JASTAI KAM GARNE MANCHHE KO JARURI CHHA,TARA YI POKHREL PANI KALA KANGRESH HUN KAM KASTO GARCHHAN HERNA BAKI.

    7
    2
    Share

  • ukp लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२५

    A very positive & right step taken by Government. Works of reconstruction & rehabilitation should be very fast .

    20
    8
    Share

  • ved gaudel लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२६

    kamko speed bhayako belama jagir khuwauna kai lagi thukka

    7
    7
    Share

  • Sudip Ghimire लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२९

    हरेक नयाँ नियुक्ती हरु खुल्ला प्रतिस्पर्धा बाट किन गर्न सक्दैनन् यि डाँका हरु ? जब सम्म राजनीतिक नियुक्ती जारी रहन्छ तव सम्म कुनै पनि काम प्रभावकारी रुपमा हुन सक्दैन ।

    47
    1
    Share

  • Umesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:२९

    yo pani tehi dyangko mula hola Dr.Pokhrel. e mula haru aafno swartha pura garcha ani Bank balance badhaucha noj garcha jancha…….. janta heraherai huncha. hathi aayo hathi aayo fusssssssssssssssss……..

    4
    8
    Share

  • umesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १३:३३

    dherai ramro bhayyo . yo gnwali le kehi garna sakena

    20
    16
    Share

  • Avi लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:२२

    कांग्रेसमा यो गोविन्दे बाहेक अरु कोइ छैन लायक ?

    28
    5
    Share

  • राई लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:२४

    यिनी डा.सहापले पहिलै आफ्नो कार्यक्षमता देखाईसकेका हुन् फेरी केका नाटक हो की कांग्रेशलाई चुनाब खर्च चाहियर फेरी निउक्ति गरेका हुन् ???

    25
    12
    Share

  • महानन्द भट्टराई लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:३३

    भुकम्प गएको डेढ बर्श बित्दा पनि पिडितको मुहारमा दुख हटाएर खुसि फेर्न नसके पनि सरकारले सीईओ भने फेर्न सफल भयो
    ल बधाइ छ नया सिइयो लाइ छिटो छिटो काम गर्नुस के बेर केहि महिनामा सरकार फेरियर तपाइ लाइ पनि फेर्छ कि ?

    18
    1
    Share

  • GG लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:४०

    Badhai chha hajur. Kati mahina hunchha jati sakdo gutmutaune kam garau hajur. Arko sarkar aye patmukta bhai halchha.

    5
    1
    Share

  • Tijnar लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:५२

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ हरु बदल्नु तिर भन्दा नी भुकुम्प पीडित को बस्ने घर बदल्न तिर सबै लगेका भय देस नै बदल्ने थियो ।।

    21
    3
    Share

  • Bishwa लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:५६

    भुकम्प पिडितले समय मै राहत पाउन सके राम्रो कुरा हो तर अहिलेको सरकारी नीति नियम र संरचना हेर्दा गोविन्द पोख्रेल ले पनी केहि लछारपाटो लाउलान जस्तो लाग्दैन । नयाँ मान्छेलाई नीति नियम बुझ्न नै २-४ महीना लागि हाल्छ नि!

    12
    1
    Share

  • Bal Rai kumar लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:२४

    पद्दति र प्रक्रिया खबलौने काम भयो राजनीतिकमा र आशाक्क्षेम लाई हटाउनु अनिबार्य सर्त हो !

    1
    2
    Share

  • भीम वहादुर सांकी जिविस उर्जा तथा वातावरण शाखा डडेल्धुरा लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:३८

    डा गाेवीन्द पाेखरेल

    यस्ता पुस्ता हुन जसले REDP मा वर्षाै काम गरेर AEPC काे निर्देशक पदमा रहेर देशका अति दुर्गम वस्तीमा उज्यालाेकाे ज्याेती पुरयाउनमा ठुलाे भूमिका खेलेका छन जाे कि अाज पनि नेपालका दुर्गम वस्तीका वासिन्दा उहांकाे गुणगान गाउनमा पछि हटदैनन् मलाइ विश्वास छ डा‌ गाेवीन्द पाेखरेल अवस्य पनि भुकम्भले छतीगंस्त वासीकाे घाउमा मलम पट्टी लगाउन सफल हुनु हुनेछ । उहांकाे कार्यकालकाे शुभकामना गर्दछु ।

    9
    13
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:४५

    Congratulation Dr. Pokhrel.
    I don’t know whether PM has given you any measurable deliverable or not, but following could be your key deliverable for one year. After One year I will reassess your performance.
    I am touching any of the activities line, budget line but I am trying to highlight broader aspect (Competencies,core value, leadership, management). If you pass on following key deliverable.
    • You must able to create and secure commitments from all stakeholders towards the recovery, rehabilitation and reconstruction and overall rebuilding society. Create a sense of urgency and sense of priority (2 months)
    • You must earn respect from your immediate subordinates mainly Joint Secretary and Under Secretary and other government officers and counterpart UN/Donor Organizations.
    • You should NOT travel overseas, ONLY donors meeting you could participate, and you should be visible, approachable when is needy
    • Politically you are known NC, there are only 30 % NC supporters in earthquake affected districts, you should able inspired any one and you yourself did not show loyalty to other political party leaders equally.
    • You have to identify cause of frequently strikes, you have to stop all transfer and encourage to fulfil all vacant post able to build and supports a high performing team
    • Within one moth you must have to comprehend all of your priority task to act decisively having assessed the risks
    • You must demonstrate the high standard of integrity, honesty and fairness expected in public services
    • You must have to show skills and expertise participatory Programme Planning & Inclusion of humanitarian partners (GO, NGO, UN, Donors) developing complementartity on programme,
    • It is urgent to establishment/strengthening of collaboration & coordination mechanisms in place (District and Center)
    • Agreeing response strategies, plan of action and activities – shared/common strategies, joint resource mobilization should be there now within one week
    • The weakest part of the Post Earthquake Rehabilitation, they are not able to apply standards, appropriate technology you must act swiftly now
    • Participatory Monitoring and joint reporting and documentation are also one of the poor. We have not seen any readable report/documents yet, you must produce those within one month.
    • Weak on Resource mobilization no additional foreign aid yet reported since PDA, this could be the another priority task for you within 5 months
    • We have not seen yet a defined results taking account of stakeholders needs. Donors are not willing to finance in Black hole, you must produce it.

    • One of the weakness that seen in the past was failure to translate strategic aims into practical and achievable plans, we have to have all strategic in hand, achievable action plan with date.
    • We were expecting that CEO should be able to see relationships between complex and inter-dependent factors and bring all 14 ministries under your umbrella
    • You must have to show decision making skills on time, even in uncertain circumstances
    • As CEO, you should be able to able to define results taking account of stakeholders needs and manage relationships with other stakeholders effectively
    • You should be able organizes work processes to delivery on time, on budget and to agreed quality standards.
    • It is time to demonstrate high level project management skills, assessing and managing risks, but you don’t have that skills, better hire Japanese expert, who worked in Nepal preparing report to world bank.
    • As CEO you must have to able communicate clear standards and expectations, delegate effectively, knowing when to step in and when not to
    • We are expecting that your presentation should concise and persuasive orally and writing . His negotiation and handle hostility should be higher standard.
    • I have not seen any of your team and even you have insights and able to generate original ideas with practical application on recovery works, but you have to hire an expert within one months you have to deliver this.
    • You have to replicate or seek and applies best practice from other part of world where there are very successful recover works were accomplished (China, Indonesia, Japan, Chile)

    8
    1
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:५३

    Vision lieyer kam garnus, MahaBinash lai absar ko rupma prayog gari deshlai swarg banaunus, kasaiko ankhama ansu dekhina naparos… Yemale jasto nakkali communist (K Poli Badi)vayer chandai dhanban hun tir nalagnus. SUVKAMANA…

    4
    1
    Share

  • Nandan लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:०६

    I wish good luck.

    5
    2
    Share

  • Shankar pokharel लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:०८

    Congratulation Dr. Pokhrel and wish you grand success during your tenure

    5
    3
    Share

  • Nanda Kumar Nembang लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:२१

    डा सावलाई वधाई छ ।

    4
    4
    Share

  • रामचन्द्र न्याैपाने लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:१७

    डा‌ पाेखरेललाई बधाई छ । वहाँले नवीकरणाीय उर्जाका क्षेत्रमा गरेकाे प्रगतिजस्तै यस क्षेत्रमा अाफ्नाे क्षमता देखाउनु हुनेछ भन्ने अपेक्षा र सफलताकाे लागि शुभकामना ।

    खासगरी प्राधिकरणले विकास साझेदारसँग सहकार्य र गैरसरकारी तथा कर्पाेरेट क्षेत्रमा समन्वय र सहकार्य गर्न सकेकाे छैन । राम्राे गर्ने र नगर्ने बीच समान व्यवहार गर्ने र सूचना प्रवाहलाई प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राख्नु जरुरी छ ।
    डा‌ पाेखरेलले कर्मचारीकाे सहयाेग सहज ढङ्गमा लिन सक्नु हुनेछ भन्ने विश्वास गराैं र कर्मचारीले कामै गरेनन् भनेर दाेष लागउने काम पहिलेजसरी अाउनेछैन भन्ने विश्वास गराैं ।
    खासगरी याेजनाविहीन रुपमा अघि बढेकाे पुनर्निर्माणलाई याेजनाबद्ध रुपमा अघि बढाउने काममा नवनियुक्त कार्यकारी प्रमुखले ध्यान दिनुपराे । नयाँ घर बनाउन पैसा मात्र बाँडेर हुँदैन घर बनाउने स्थान सुरक्षित हुनु र वातावरणीय दृष्टिकाेणले सुरक्षित र उपयुक्त पनि हुनुपराे । यसतर्फ ध्यान दिएमा र सस्ताे अाशा नबाँढी दीर्घकालीन कार्यलाई प्राथमिकतामा राख्न सके मात्र धेरै काम हुन्छ ।

    0
    0
    Share

  • SURENDRA लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:५३

    Sushil Gyewali ko Capability lai politics le ojhel ma paryo. NRA ma aaba sabai instituinal framework bani sake ka chhan, jun ki Gyewali le banayeka hun. Aabata naya aaune CEO lai ke garnu chha ra? challenging kaam kehi chhaina.District ma NRA ko samrachana bani sake ko chha, engineers social mobilizers haru parichalan bhai sake ka chhan, KARYA BIIDHI SBAI BANI SAKE KA CHHAN.

    jag basal na garo thiyo NRA ma Gyewali le banai dine aabata khna lai jo CEO gaye pani bhyo.

    0
    0
    Share

  • बिपिन लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:१७

    डा पोखरेलले भूकम्पपीडितको तथ्याङ्क संकलन र Need Assessment मा राम्रै योगदान गरेका हुन् । बौद्धिक क्षमता उनमा प्रशस्त छ । तर पुनर्निर्माण प्राधिकरणको अहिलेको समस्या भनेको प्रशासनिक र राजनैतिक दुवै हुन् । कांग्रेसका कोटाबाट माथि पुगेका यिनको राजनैतिक छविले अरु पार्टीसँग सहकार्य गर्न पक्का पनि चुनौतीपूर्ण हुनेछ । कर्मचारी परिचालन गर्न राम्रै व्यवस्थापकीय क्षमता चाहिन्छ जसको अभाव वहाँमा प्रशस्त छ ।

    0
    0
    Share

  • Butwal ko Janata (DR Shyam Saran Gautam) लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:२४

    Because of Bishnu Poudal ko interest ma FUND COLLECTION WAS MAIN AGENDA OF ER SUSHIL HO ?.

    UML HAVE MANY QUALIFIED AND EXPERINCE PROFESSIONALS BUT PROBLEM WAS…….BUT BISHNU AGRAWAL KO AGADI KASKO KE LAGNE WITH KP ?

    PROF DR POKHREL IS RIGHT CHOICE OR NOT WAIT AND SEE !!! JAI HOS

    0
    0
    Share

  • Hari Ghimire लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:५५

    Congratulation Professor Dr. Pokharel.

    0
    0
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ०:०४

    Churi khanke gi, bindia…

    0
    0
    Share

  • kamal rokaya लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ६:३६

    Dhurmus ra suntaliko jastai garera vukumpa pidid haruko lagi awas byabasthapan garne buddi awos. akhir budzet ta dataharule diyekai chhan.

    0
    0
    Share

  • SanjaY लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ११:०१

    जो सुकै नियुक्त भएपनि काम हुनुपर्यो…………………….

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this