Comments Add Comment

पृथ्वीनारायणको सम्झना गर्दै सिड्नीमा मनाइयो एकता दिवस

prithvi-jayanti-at-australia

२७ पुस, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले पृथ्वी जयन्ती स्वतःस्फूर्त रुपमा मनाएका छन् । सिड्नीको पीट स्ट्रीटमा मेघराज श्रेष्ठको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले राजनीतिक दलहरु आपसमा बिभाजित भइरहेका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समय सान्दर्भिक भएको बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी कञ्चन पोख्रेलले पृथ्वीनारायणकै कारण विश्वमा नेपालीहरुको पहिचान स्थापित भएको बताए । उनका उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य भएको उनको भनाइ छ ।

सिड्नीस्थित नेपाली नागरिक समाजका अगुवा बिमल भट्टराईले विश्वभर रहेका नेपालीहरु एकताबद्ध हुनका लागि आजको दिन स्मरण गर्न सान्दर्भिक भएको बताए ।

prithvi-jayanti-at-australia2

गैरआवासीय नेपाली संघको प्रवक्ता रन्जु वाग्लेले पृथ्वीनारायण शाहको स्मरण गर्नु राजतन्त्रको नभई राष्ट्रियताको स्मरण हो भनिन् । यस कार्यक्रमले सबैमा एकता पैदा गरेको भन्दै उनले विदेशमा एकताको लागि निकै सम्झनायोग्य कार्यक्रम भएको बिचार व्यक्त गरिन् ।

गैरआवासीय नेपाली संघका युवा संयोजक विजय पोखरेलले नेपालको निर्माणकर्ता नै पृथ्वीनारायण नै हुन् भन्ने इतिहास सत्य भएको बताए । उनले देशमा विदेशी हस्तक्षेप बढेको नभइ निम्ताइएको भन्दै पृथ्वीनारायण शाहबाट पाठ सिक्दै नेताहरु अघि बढ्नुपर्ने बताए ।

prithvi-jayanti-at-australia-3गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका पूर्वसदस्य प्रल्हाद केसीले नेपाल बनाउने र चिनाउने पृथ्वीनारायण शाहको योगदान महान भएको बताए । उनले नेपालको इतिहासमा उनी सधैं अमर रहने बताए ।

एनआरएन अष्ट्रेलियाको कोषाध्यक्ष डिला खरेलले राष्ट्रिय एकताका लागि सबै नेपाली एकताबद्ध हुनु नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति सच्चा सम्मान हुने बताए । नेपालका राजनीतिक दलका नेताहरु एकताबाट बिचलित हुन खोजेको भन्दै उनले राष्ट्रिय एकताको थालनी प्रवासी नेपालीहरुबाट हुनुपर्ने धारणा राखे ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका संस्थापक मन केसीले नेपालमा इतिहासलाई हेप्ने काम भएकोमा दुःख व्यक्त गरे । सबैले एकताको भावनालाई फैलाउनुपर्नेमा केसीले जोड दिए ।

कार्यक्रममा पत्रकार हेमन्त काफ्लेले राष्ट्रियता र राजतन्त्र अलग कुरा भएको बताए ।पृथ्वीनारायणको सम्झना गर्दा नेपाल निर्माणको अभियानको सम्मान गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा निरज श्रेष्ठले पृथ्वीनारायण शाहका योगदान कतै हराउने हो कि भन्ने चिन्ता रहेको बताए । देशमा बिखण्डन आउन नदिन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका मेघराज श्रेष्ठले देशलाई भागबण्डा गरेका बेला उनले एकता गरेकाले यो सान्दर्भिक रहको बताए ।

कार्यक्रम स्वतःस्फूर्त आयोजना भएको बीआर आधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment