शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

लोकसेवाले माग्यो ११ सय बढी नायबसुब्बा

अनलाइनखबर

loksewa-aayog-psc

२७ पुस, काठमाडौं । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् । बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।

लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको छ । पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।

खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।

नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रबणिता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्छ ।

loksewa-advertisement

loksewa-advertisement1

२०७३ पुष २७ गते १२:५९ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Biraj Thapa लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:१७

    समयमा बढुवाबाट बंचित गराईएका प्रहरीका निम्न स्तरका कर्मचारीहरुको सल्लाह,सुझाब एबं गुनासो अध्ययन,मनन एबं पहलको अपेक्षा गर्दै

    मिति:-२०७३/०९/०१ गते ।

    श्री माननीय अध्यक्ष एवं सदस्यज्यूहरु,
    श्री लोक सेवा आयोगको कार्यालय,अनामनगर,काठमाण्डौं ।

    विषय:-गुनासो एबं राय सल्लाह र सुझाब ।

    महोदय,
    प्रस्तुत विषयमा नेपाल प्रहरीमा कार्यरत ठूलो संख्यामा रहेका सिपाही/हल्दारहरु १२/१३ वर्ष सम्म पनि बढुवा र बृत्ति बिकासको मौका हाकिमहरुले नदिएरको कारण भविष्य अन्धकार र चौपट्ट भईरहेकोले अधिकांश सिपाही/हल्दाहरु हतास,निराश र तनाव मानसिकतामा रही कर्तव्य निर्बाह गरिरहेका र कतिपयले बढुवाको अभावमा आत्महत्या समेत गरिरहेको र धेरै जसोले संगठनमै रहेर ज्ञान,सिप र अनुभवको उपयोग गरी देश र जनताको सेवा गर्ने मन हुंदाहुंदै पनि बिचमै (२/४ वर्षमै वा १६ वर्ष जागिर अबधि नहुंदै ) नोकरी छाडी बैकल्पिक पेशा अपनाउन वा बैदेशिक रोजगारीमा जान बाध्य भईरहेको र कतिपय आपराधिक गतिबिधिमा समेत संलग्न भएको पाईएकोले एउटा सिपाही बनाउन राज्यले गरेको लगानी खेर गैरहेको छ भने अर्कोतिर नयां असै भर्ना र तालीममा राज्यको ठूलो लगानी खेर गैरहेकोले प्रहरीका हाकिमहरुले संगठनका निम्न स्तरका कर्मचारीलाई १२/१३ वर्ष सम्म बढुवा नदिएर सडायर राखी असैमा दरबन्दी खाली छ भन्दै खालीको प्रस्ताव लोक सेवामा लिएर लाने र हाकिमहरु सिपाही/हल्दारप्रति असाध्यै नकरात्मक धारणा राख्ने वा उनीहरुप्रति निच किसिमको बोली बचन र व्यबहार गर्ने,निश्पक्ष र बैज्ञानिक मूल्याङ्कन प्रणालीको अभाव, ,निम्न स्तरका कर्मचारीहरुको परिचालन,सरुवा,बढुवा,पुरस्कार दिने पद्धति र प्रणाली नीति,नियम र कार्यसम्पादन अनुसार नभएर नाताबाद,कृपाबाद र चाकडीबाद, हाकिमहरुको ईच्छा,चाहना र स्वार्थ अनुसार मात्र हुने,निम्न स्तरका कर्मचारीहरुको बृत्ति बिकास र बढुवा होस् भन्ने पटक्कै नचाहने,सिपाही/हल्दारलाई दास र हाकिमको सेवकको रुपमा मात्र हेर्ने प्रबृतिको कारण आई.ए./बि.ए.पास गरेका प्रशस्त सिपाही/हल्दार हुंदाहुंदै पनि उनीहरुको शैक्षिक योग्यता,दक्षता,अनुभव र सिपको समेत अबमूल्ययन गरिरहेको र केही हाकिमहरु असैको भर्ना छनोट र तालीममा आर्थिक अनियमितता गर्न पाईने प्रलोभनको कारण नयां असै भर्नाको प्रस्ताब लोक सेवा आयोग समक्ष लिएर गई राख्ने तर हाकिमहरु, (ईन्स्पेक्टर भन्दा माथिका हाकिमहरु मात्र) बढुवा,बृत्ति बिकास र न्याय खोज्दै राजनैतिक दलका नेता तथा शक्तिकेन्द्र धाउने,अदालत,मिडियाबाजी,चलखेल गर्न पछि नपर्ने,समयमा बढुवा र बृत्ति बिकासको अपेक्षा आफुले राखे जस्तै निम्न स्तरका कर्मचारीको पनि आफ्नो स्तर अनुसारको अपेक्षा राखेको हुन्छ भन्ने मानबीय संबेदना नभएका,मै मात्र बढुवा हुन पाउं,म मात्र फुली ढल्काएर खुसी मानेर गर्वसाथ हिड्न पाउं,अरु सिपाही/हल्दार जे सुकै मरुन अथवा मैखाउं,मैलाउं र मै सुख सयल गरु भन्ने भावना भएका र सिपाही/हल्दारलाई बढुवा दिनै नचाहने वा सिपाही/हल्दारलाई बढुवा दिन आफ्नै गोजीबाट तलब भत्ता दिन पर्ला जस्तो गर्ने पापी हाकिमहरु र लोकसेवा आयोगले पनि बिभागिय कर्मचारीहरुको दयनीय र बास्तबिक स्थितिलाई बेवास्ता गरी वा नबुझी परीक्षा संचालन र नियुक्तिको लागी सिफारिस गरिरहेकोले बिभागिय कर्मचारीहरुको बढुवा र बृत्ति बिकासलाई समेत ध्यान दिई जवान र ईन्स्पेक्टरमा दरबन्दी खाली र माग अनुसार परीक्षा संचालन र नियुक्तिको लागी सिफारिस गरे पनि असै पदमा सिमित र प्राबिधिक संख्यामा मात्र परीक्षा संचालन र नियुक्तिको लागी सिफारिस गरिदिनु हुन वा बिभागिय कर्मचारीहरुको दयनीय अबस्था वा उनीहरुको भविष्य चौपट र अन्धकार भएको र निम्म स्तरका कर्मचारीहरुको ९० प्रतिशत समस्या र गुनासाहरु समयमा बढुवाबाट समाधान हुने र प्रहरीको नियमावलीमा राजपत्र अनंकित कर्मचारीलाई बढुवा हुन न्युनतम सेवा अवधि ४ वर्ष भए पनि १२/१३ वर्ष सम्म एउटै पदम रहिरहनु पर्ने र देश र जनताको जीउधनको सुरक्षा गर्ने र देशमा शान्ति सुरक्षा अमनचयन कायम गरी पीडितलाई न्याय दिलाउन सबै भन्दा बढी संख्यामा परिचालित निम्न स्तरका प्रहरी कर्मचारीहरु आफ्नै हाकिमहरुबाट बढुवा र बृत्ति बिकासबाट बंचित,असुरक्षित,पीडित,उपेक्षित र हिनताबोध र तनाब मानसिकता लिएर कसरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न सक्छ र ? अन्यायमा परेकालाई न्याय दिलाउन खटिनेले पहिला त आफुले न्याय पाएको महशुस गर्नुपर्ला कि भन्ने बास्तबिकतालाई समेत मनन गरेर मात्र आवश्यक परीक्षा संचालन र नियुक्तिको लागी सिफारिस प्रक्रिया अगाडी बढाई दिनु हुन माननीय अध्यक्ष एबं सदस्यज्यूहरु समक्ष हार्दिक अनुरोध गर्दछौं । श्रीमानको जो निगाह ।
    बोधार्थ:-
    श्री:नेपाल सरकार,गृह मन्त्रालय,सिंह दरबार काठमाण्डौं । गुनासोकर्ताहरु
    श्री:प्रहरी प्रधान कार्यालय,मानबश्रोत बिकास बिभाग,क.प्र. शाखा । बढुवा र बृत्ति बिकासबाट बंचित भएका निम्न स्तरका कर्मचारीहरु
    श्री:हेलो सरकार,बालुवाटार ।

    4
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this