Comments Add Comment

माओवादीकै कारण पृथ्वी जयन्तीमा विदा दिन सकिएनः ओली

kp-sharma-oli-and-pashupati-shamsher-rana

२७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताएका छन् । साथै आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण सम्भव नभएको बताए ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा पुगेका एमाले अध्यक्ष ओलीले पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ दलहरुबीच सहमति हुन नसकेको बताए । माओवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले त्यही दल सरकारको नेतृत्वमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment