Comments Add Comment

पृथ्वीनारायणले बलियो केन्द्रीकृत राज्य बनाएः प्रचण्ड

'राप्रपाले राजनीतिक मूल्य स्थापित गरेको छ'

prachand-at-rpp-tea-party

२७ पुस, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ ।

राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने- ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’

प्रधानमन्त्री प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । ०६२/०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै भने-‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्न्े अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति गटन गरेको छ ।’

यो समितिले इतिहासको अध्ययन गरेर अहिलेको बुहजातीय देशमा विदाबारे कस्तो नीति बनाउन सकिन्छ भन्ने प्रतिवेदन दिने र सोही अनुसार सरकारी विदाहरु तय गरिने प्रधानमन्त्रीले बताए ।

साथै राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन चियापान आयोजना गरेर ‘एउटा राजनीतिक मूल्य स्थापित गरेको छ’ भन्दै प्रधानमन्त्रीले राप्रपालाई धन्यावाद समेत दिए ।

भृकुटीमण्डपमा राप्रपाको निम्तो मान्न पुगेका प्रचण्ड केहीबेर बसेर चिया पिएपछि विदा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment