Comments Add Comment

भारतीय नागरिक मृत फेला, हत्याको आशंका

२७ पुस, पोखरा । भारतीय नागरिक सागर अन्सारी पोखराको ड्यामसाईडस्थित तितेपानीमा मृत अवस्थामा फेला परेका छन् ।

Murderभारतको बिहार घर भई हाल पोखरा १७ बराल फिड पछाडि बस्ने ३६ वर्षीय अन्सारीको शव तितेपानी झुलुङगो पुल नजिकै कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीका अनुसार मृत अन्सारीको टाउकोको पछाडि भागमा गहिरो चोट लागेको छ । उनले अन्सारीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । कसैले पछाडिबाट हानेको हुन सक्ने डिएसपी खत्रीको भनाइ छ ।

पोखरामा ठेक्कापट्टा सम्बन्धी काम गर्दै आएका अन्सारी मृत फेला परेपछि उनका भिनाजुले किटानी जाहेरी दिएका छन् । जाहेरी प्राप्त भएसँगै अनुसन्धान तीव्र बनाइएको डिएसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment