Comments Add Comment

प्रियंकालाई पहिरन सम्हाल्नै गाह्रो, वेनिशा र रीमाले गरे ओठमै चुम्बन(भिडियो रिपोर्ट)

priyanka-benisha-and-reema
नायिका प्रियंका कार्की करिब डेढ महिना महिना बेलायत र दश दिन अमेरिका बसेर नेपाल आइन् । २ महिना उनी विदेशमा रहँदा धेरै कार्यक्रममा उनी पुग्न पाइनन् । गसिपमा रमाउन मन पराउने यी सुन्दरीले यसलाई खुबै मिस गरिन् होला ।

सायद, यहि भएर उनी मंगलबार बेलुकी चलचित्र ‘लभ सासा’को प्रिमियरमा पुगिन् र गसिप के-के कुरामा बन्न सक्छ भनेर सजग बनिन् । लामो पहिरन भएकै कारण उनलाई सम्हाल्न गाह्रो भयो । उनी पहिरन मिलाउथिन् र क्यामेराको अगाडि पोज दिन्थिन् ।

पि्रमियरमा देखिएका रमाइला कुरा समावेश गरिएको भिडियो रिपोर्ट यहाँ हेर्नुहोस्ः


चलचित्रको प्रिमियरमा अन्य थुपै्र गसिप पनि देखिए । केहि महिनादेखि बोलचाल नै बन्द गरेका नायिकाद्धय रीमा विश्वकर्मा र वेनिशा हमालको मित्रता खुबै देखियो । एकसाथ हिडेका यी दुई, लामो समयदेखि विछोड भएपछि भेटिएका दिदीबैनी जस्ता देखिए । उनीहरुले त अनलाइनखबरको क्यामेरामा एक अर्काको ओठमै चुम्बन गरे ।

नायिका नीशा अधिकारीदेखि ऋचा शर्मासम्म हलमा पुगे । जे भएपनि, केहि समयदेखि सुनसान रहेको चलचित्र क्षेत्रको माहोल प्रिमियरले तताइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment