बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

पक्राउ परे ‘खुंखार’ लुटेरा, जसले ६ पटक पक्राउ पर्दा पनि छाडेनन् धन्दा

अनलाइनखबर

२७ पुस, काठमाडौं । श्रृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रामेछाप दोरोम्बा घर भई काठमाडौं दक्षिणढोका बस्दै आएका सागर भन्ने टिका थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

tika-thapa-magar-sagar-robberमहानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सवेन्द्र खनालले टिका काठमाडौं उपत्यकाका साथै काभ्रेको बनेपामा भएको चोरीमा समेत संलग्न भएको देखिएको बताए । अपराध महाशाखाले उनलाई ‘खुंखार’ लुटेरा भनेको छ ।

झण्डै १० वर्ष नै उनी डाँका मुद्दामा पक्राउ परेका थिए । अहिलेसम्म ६ पटक पक्राउ परेका उनी धरौटीमा छुट्ने वा केही समय जेल बस्ने गरेका थिए ।

पछिल्लो पटक बानेश्वरको हृवाइट हाउस अगाडि सरस्वती आचार्यको झण्डै १९ लाख चोरेको आरोपमा ७ असार २०७२ मा चोरी तथा डाँका मुद्दामा उनी पक्राउ परेका थिए । तर, २६ लाख धरौटीमा छुटे लगत्तै फेरि चोरीमा सक्रिय भएको पाइएको एसएसपी खनालले बताए ।

प्रहरीका अनुसार पछिल्लो पटक उनी १४ वटा चोरीका घटनामा संलग्न देखिएको छ । जसमा धेरै बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेहरुको रकम छ भने केही मोटरसाइकल तथा गाडी चोरीका घटना पनि छन् ।

उनले मोटरसाइकलको प्रयोग गरेर विभिन्न बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेका मानिसलाई पिछा गर्ने र एकान्त स्थान पारी रकम लुटेर भाग्ने गरेका थिए । अपराध महाशाखा प्रमुख खनालले भने, ‘यसको ठूलो ग्याङ पनि देखिएको छैन, एकजना सहयोगी लिने र चोरी गर्ने गरेको पाइएको छ ।’

उनले कात्तिक ८ गते बनेपामा कन्ट्री डेभलपमेन्ट बैंकमा जम्मा गर्न लान लागेको ३७ लाख रुपैयाँ चोर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसको १० दिनपछि भक्तपुरको राधेराधे मन्दिर नजिक मायादेवी उप्रेतीको ९३ हजार पनि उनैले लुटे ।

मंसिर ५ गते कटुन्जेको एक मनी ट्रान्सफरबाट ३ हजार ६६९ रकम लिकालेर जाँदै गरेकी सुस्मिता सुवेदीको रकम लुटपाट घटनामा पनि टिका थापाकै संलग्नता देखिएको छ ।

प्रहरीका अनुसार मंसिर १९ गते पवित्र नगरमा यमकला भण्डारीले सहकारीबाट निकालेको ३ लाख ६० हजार लुटपाटमा पनि उनको संलग्नता देखिएको छ ।

२०७३ पुष २७ गते १८:५८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

११ प्रतिकृयाहरू प्राप्त
  • bivek लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:१५

    yo dharti to bojh lai jhundaidinu parne, akhir pheri chuti halcha jail baata ani taal pheri tai na ho

    17
    1
    Share

  • Jai लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:२०

    Better encounter him

    20
    1
    Share

  • Balaram लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:३६

    Gaule po parechha

    6
    4
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १:१८

    Lau hai paryo fanda ma yo sano CHARI BACHARI,

    Kati kati risayera chur holan MAU-CHARI (Neta haru)???

    0
    0
    Share

  • pardeshi लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ३:३३

    के गर्ने र देशको कानुन नै बलियो भएन , सजाये दिये पछी पुरा गर्न पर्ने तर धरौती लिएर छुतायेपछी

    0
    0
    Share

  • gaurav लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ५:५३

    prdhana nyadhis lai pani jankari bhya….

    0
    0
    Share

  • Bazgainjaybazgain लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ६:००

    Yestailai ho krur sajay dine. Feri chorna ra dakaiti garna nasakne banaunu paro natra feri tehi ho.

    0
    0
    Share

  • ananda लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ७:३६

    Encounter him as soon possible. This is the only remedy for him.

    1
    0
    Share

  • Acharya लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ११:०९

    Kina xutaunuhunxa ta teso vaya antim shasra pragyog garidinus sudhridainabhne encounter

    0
    0
    Share

  • Hemanta Rawal लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १२:५६

    Kathmandu District Court has slapped him for 12 years imprisonment sentence in Daka chori Case . This News report is incomplete.Better to consult with the Authority of Kathmandu District court.

    0
    0
    Share

  • Hemanta Rawal लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १२:५७

    Kathmandu district court has slapped hi 12 years jail sentence.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this