Comments Add Comment

ज्ञवालीलाई बर्खास्तीको पत्र घरमै थमाउने तयारी

पत्र प्राप्त हुनासाथ सर्बोच्च अदालतमा जाने ज्ञवालीको योजना

sushil-gyawali-6

२७ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख सुशील ज्ञवालीले कार्यालय समयसम्म बर्खास्ती पत्र पाएका छैनन् ।

मध्याहृनको १२ नबन्दै मन्त्रिपरिषदको निर्णय सुनेका उनी बर्खास्ती पत्र कुरेर बसेका थिए । तर, ज्ञवालीलाई हटाइएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तयार भए पनि उनको हातमा थमाइएको छैन ।

स्रोतका अनुसार कार्यालय बन्द भइसकेकाले ज्ञवालीको घरमै बर्खास्तीको पत्र पठाउने तयारी भइरहेको छ । स्रोतले भन्यो, ‘नयाँ कार्यकारी प्रमुखलाई बिहीबार नै पदभार ग्रहण गराउन ज्ञवालीलाई आज (बुधबार) साँझसम्म घरमै पत्र पुर्‍याउने तयारी भइरहेको छ ।’

पत्र नआए पनि निर्णय थाहा पाइसकेका ज्ञवालीले भने कानुनी उपचारको लागि कानुन व्यवसायीसँग सल्लाह गरेका छन् ।

सरकारले आफूलाई हटाएको पत्र प्राप्त भएपछि उनी सर्वोच्च अदालतमा जाने उनको तयारी छ । ऐन बमोजिम आफू ५ वर्षको लागि नियुक्त भएको र हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर ज्ञवालीको छ ।

ज्ञवाली गत वर्ष पुस १२ गते ५ वर्षका लागि पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment