Comments Add Comment

आरएमडीसीको २० प्रतिशत लाभांश स्वीकृत

unnamed

२७ पुस, काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरको १८ औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले आव २०७२/७३ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा २६ करोड ६७ लाख ५५ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

नेपालमा लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई थोक ऋण प्रदान गर्न २०५५ कार्तिक १३ गते यस कम्पनीको स्थापना भएको हो । कम्पनीको अधिकृत पूँजी रु. १ अर्व, जारी पूँजी तथा चुक्ता पूँजी रु. ६९.२ करोड रहेको छ । हालसम्म कम्पनीबाट लगानी भएको कुनै पनि ऋणको साँवा र व्याजको भाखा ननाघेको उल्लेख गरेको छ । कम्पनीले काठमाण्डौं बाहिर २ वटा शाखा कार्यालयहरु बिस्तार गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment