Comments Add Comment

सगरमाथा इन्स्योरेन्सको ६४ करोड बीमा प्रिमियम संकलन, बोनस प्रस्ताव पारित

sagarmatha-insurance

२७ पुस, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २२ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित भएको छ । मंगलवार सम्पन्न कम्पनीको २० औं बार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो ।

२०७२/७३ मा कम्पनीले अघिल्लो आवकोतुलनामा ८.८६ प्रतिशतले व्यवसाय वृद्धी गरेर १ अरब ११ करोड प्रिमियम आर्जन गर्न सफल भएको सभामा अध्यक्ष राम कृष्ण मानन्धरले जानकारी दिए । कम्पनी सो अवधिमा २० करोड ८७ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । मुनाफा १ सय ७५ प्रतिशतले वृद्धि भएको हो ।

चालु आब २०७३/७४ को पुस २६ गतेसम्म कम्पनीले रु. ६४ करोड बीमा प्रिमियम संकलन भईसकेकोले लक्षित प्रिमियम हासिल गर्न सफल हुने मानन्धरले बताए । कम्पनीको कूल लगानी रु. १ अर्बभन्दा धेरै रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीमा मोटर बीमा गराएका ग्राहकवर्गलाई छिटो छरितो सेवा उपलब्ध गराउने उदेश्यलेले गत साउनबाट सुरु भएको सगरमाथा ‘भीआइपी अन दि स्पट’ योजना ल्याएको र यसको सकारात्मक प्रभाव देखिएको उल्लेख गरे ।

प्रधान कार्यालय बाहेक ३३ वटा शाखारउपशाखा कार्यालयहरुबाट बीमा सेवा उपलब्ध गराउदै आएकोमा कम्पनीले चालु आवभित्र शाखा ४२ पुर्याउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment