बुधबार, ११ फागुन, २०७३
OnlineKhabar.com

बेनिमणिपुरमा सांस्कृतिक मेला

अनलाइनखबर

binimanipur-mela२७ पुस, परासी । नवलपरासीको बेनिमणिपुर गाविस सर्दीमा विविध सांस्कृतिक मेला हुने भएको छ ।

स्थानीय जिमी नेवा: गुठीको आयोजनामा पुस २९ र माघ १ गते सर्दी एकेडेमीको प्राङ्गणमा मेला हुन लागेको हो । नेवा गुठी भवन, मन्दिर तथा खेल मैदान निर्माण सहयोगार्थ मेला आयोजना गर्न लागिएको जिमी नेवा: गुठीका अध्यक्ष नन्दु श्रेष्ठले जानकारी दिए ।

मेलाको अवसरमा हुने मनोरञ्जनात्मक कार्यक्रममा हास्य कलाकार जोडी जिग्री र पाँडेका साथै ज्योति मगर, राज सिग्देलरमित ढुंगाना, कमल विरही लगायत गायकगायिका, मोडेल र डान्सरको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा स्थानीय कलाकारले पनि सांस्कृतिक प्रस्तुति पस्कनेछन् ।

२०७३ पुष २७ गते १४:३४ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this