शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

सुन तस्करीलाई बहसको विषय नबनाउन गृहमन्त्रीको आग्रह, गोप्य अनुसन्धान गर्ने दाबी

अनलाइनखबर

Bimalendra-Nidhi
२७ पुस, काठमाडौं । गृह मन्त्रालयले गोप्य ढंगले अनुसन्धान प्रक्रिया अघि नबढाए सुन तस्करहरु उम्कने सक्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराएको छ ।

उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले छलफल धेरै गरेर सुन तस्करीको अनुसन्धान प्रक्रियालाई कमजोर बनाउन नहुनेमा सबैको ध्यानाकर्षण गराएका हुन् । व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिको बुधबारको बैठकमा गृहमन्त्री निधिले सुन तस्करीको विषयलाई व्यापक बहसको विषय नबनाई दिन समितिका सदस्यहरुलाई गरे ।

गृहमन्त्री निधिले सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो आफै सक्षम रहेको बताए । सुन बरामद गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो अपराधमा संलग्नहरुलाई कार्वाही गर्न पनि समक्ष हुने उनको विश्वास थियो ।

छानबिन समिति गठन गर्दा अपराधीलाई नियन्त्रणमा लिन भन्दा पनि प्रचार गर्न मात्रै सहज हुने विगतको अनुभवले पुष्टि गरेको उनले सुनाए ।

बैठकमा गृह मन्त्रालय अन्तरगतका सुरक्षा निकायका प्रमुखहरुले सुन तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कार्वाही गर्न आफूहरु सक्षम रहेको बताएका थिए । उनीहरुले सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको आरोप समेत लगाए ।

२०७३ पुष २७ गते १८:०० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:११

    गोप्य अनुसन्धान,

    गुपचुप सहमति,

    जनता चिल्लाराम,

    नेता र माफिया मालामाल,

    वाह मेरो नेपाल !

    85
    0
    Share

  • dipak लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:२०

    सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको आरोप समेत लगाए ।

    26
    1
    Share

  • KTM लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:४३

    गोप्य अनुसन्धान भनो नाइके यही हो कि क्याहो बुघ्न गाह्रो परो

    59
    1
    Share

  • Biraj Thapa लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:४४

    खेलमा जस्तै भ्रष्ट्रचारमा पनि फिक्सिङ भईरहेको छ र यो सबै नाताबाद,कृपाबाद,चाकडीबादको कारण र हरेक सार्बजनिक पद धारण गरेका तथा सरकारी कर्मचारीको आय व्यय हरेक वर्ष भ्रष्ट्रचारको नियन्त्रण गर्नका लागी स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पति सुद्धीकरण बिभाग,ट्रान्सपरेन्सी नेपाल जस्ता निकायहरुले प्रभावकारी रुपमा काम गर्नुपर्छ यदी परिणाम देखिने गरी काम नगरेमा अर्को सक्षम व्यक्तिलाई खटाउनुपर्छ ।

    35
    0
    Share

  • Akur shah लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १९:५८

    khuile yinka goppe anusandhan.kun kun chhan bhag khaneharu’

    0
    0
    Share

  • कुशलदेव घिमिरे लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २०:२३

    कुरो बुझियो ।
    बहसको विषय नबनाउ, नीधिको कमाउ धन्दामा बाधा नगर।
    देश र जनताको माया नभएका नकचराहरू!
    कसरी हुन्छ कमाउने, १० पुसातालाई सम्पन्न राख्ने।…… बस्।
    भ्रष्टचारीलाई कीरा सरोस् भन्ने नि कता गएछन्?

    2
    0
    Share

  • ramesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २१:१७

    yesko face nadekham ta,mood nai kharab huncha yar ..

    3
    1
    Share

  • Tika shris magar लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ६:३०

    Yo kura ta rastriya matra nabhai antarastriya bahas banaunu parxa.afno pani parda faas hunxa bhanera hamra neta haruka yesta pratikriya ma kohi nafasou.anusandhan kada his ra doshilai sajaay pani kada nai hos

    1
    0
    Share

  • suraj sharma लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १२:०२

    Gopya anusandhan bhanera ghup chup garera koplaune bichar chha jasto chha mahasaya ko.. timile gopya anusandhan garlau, apradhi patta lagaulau ani dosi lai karbahi garlau bhanera kosle patyaune kunni k mantri jiu ho… We are not so foolish not to understand what you mean..

    0
    0
    Share

  • himal lama लेख्नुहुन्छ    |   २०७३ माघ १ गते १०:००

    sunlai lukayar khane dau

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this