Comments Add Comment

२०१६ मा ७ लाख २९ हजार पर्यटकले नेपाल घुमे

Tourist-at-Lumbini

२७ पुस, काठमाडौं सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् यो अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वढी भएको अध्यागमन विभागले जनाएको

यसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने जोडिएको छैन ।  

सन् २०१५ मा पाँच लाख ५४ हजार ७४७ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । २०१६ मा एक लाख ७४ हजार ८०३ बढीपर्यटक नेपाल भित्रिएका छन् सन् २०१४ मा भने सात लाख ९० हजार ११८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए

विभागका महानिर्देशक केदार न्यौपानेले सन् २०१५ मा भूकम्प, आन्दोलन अघोषित भारतीय नाकाबन्दीका कारण घटेको पर्यटकआगमन सन् २०१६ मा सुधार आएको बताए ।

गत वर्ष नेपाल भ्रमण गर्नेमा शीर्षस्थानमा  भारतीय, चिनियाँ  श्रीलङ्काका रहेका छन् । गत वर्ष सबैभन्दा बढी एक लाख १८ हजार२४९ भारतीय पर्यटक हवाइ मार्गबाट नेपाल आएका छन् नेपाल आउने पर्यटकमा दोस्रो शीर्ष स्थानमा चिनियाँ पर्यटक एक लाख चारहजार पाँच रहेका छन् जसमध्ये ८० हजार ५५३ जना हवाइ मार्ग २३ हजार ४५२ रसुवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए  

त्यसैगरी शीर्ष दशमा क्रमशः श्रीलङ्काली ५७ हजार ५२१ जना, अमेरिकी ५३ हजार ६४५, बेलायती ४६ हजार २९५, थाइल्यान्डका २६हजार ७२२, म्यानमारका २५ हजार ७६९, अस्ट्रेलियाका २५ हजार ५०७, दक्षिण कोरियाली २५ हजार १७१, जर्मनीका २३ हजार ८१२पर्यटकले गत वर्ष नेपाल भ्रमण गरेका छन्

यस्तै बङ्गलादेशका २३ हजार ४४०, जापानी २२ हजार ९७९, फ्रान्सेली २० हजार ८६३, मलेसियाका १३ हजार ६६९, क्यानडेली१२ हजार ४९१, स्पेनका १२ हजार २५५, नेदरल्यान्डका ११ हजार ४५३, इटलीका नौ हजार ९११, भुटानी हजार ५९५ ताइवानी हजार ४२५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्

यसैगरी सन् २०१६ मा इजरायलका पाँच हजार ५१२, बेल्जियमका पाँच हजार ४१६, रुसी चार हजार ९९८, सिङ्गापुरका चार हजार ८४९,डेनमार्कका चार हजार ८२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्

भूकम्प, नाकाबन्दीपछि थलिएको नेपालको पर्यटनले बिस्तारै गति लिन थालेको पर्यटनको आगमनको बढोत्तरीले देखाएको यहीअनुपातमा पर्यटकको सङ्ख्या बढ्दै गए सन् २०१७ मा १० लाख पर्यटकले नेपाल भ्रमण गर्ने विभागका महानिर्देशक न्यौपानेको भनाइ

अक्टोबरमा सबैभन्दा बढी पर्यटकको भ्रमण

अन्य महिनाको तुलनामा सेप्टेम्बर ,अक्टोबर डिसेम्बर महिनामा सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गर्ने गरेको अध्यागमन विभागकोतथ्याङ्कले देखाएको

अक्टोबरमा ८७ हजार ३२६ जना, डिसेम्बरमा ७४ हजार ४०६ जना सेप्टेम्बरमा ७२ हजार ७२० पर्यटकले नेपाल भ्रमण गरेका छन्

जनवरी महिनामा ४० हजार २६०, फेब्रुअरीमा ५८ हजार ८७१, मार्चमा ७४ हजार ४९४, अप्रिलमा ५८ हजार २६२, मे महिनामा४४ हजार ७२८, जुनमा ३६ हजार ८९७, जुलाइमा ४६ हजार १६०, अगस्टमा ६४ हजार ३८६, सेप्टेम्बरमा ७२ हजार ७२०, अक्टोबरमा८७ हजार ३२६, नोभेम्बरमा ७१ हजार ४० डिसेम्बरमा ७४ हजार ४०६ जनाले नेपाल भ्रमण गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment