Comments Add Comment

भारतमा जन्मियो दुई योनांग र चार खुट्टा भएको बच्चा

pay-four-legged-both-genitals-babyभारतमा महिला र पुरुष दुवै जनन्द्रीय भएको विचित्रको बच्चा जन्मिएको छ । बच्चाका खुट्टा पनि चारवटा छन् ।

गुजरातका ३५ वषिर्य प्रताप मोरी र उनकी ३५ वषिर्या पत्नी सुलेखा मोरीबाट यस्तो बच्चा जन्मिएको हो । आफ्नो छैटौं सन्तान अनौठो स्वरुपमा जन्मेपछि यी बाबुआमा आत्तिएका थिए । गुजरातस्थित एक सरकारी अस्पतालमा प्राकृतिक तवरबाट जन्म भएको बच्चा सकुशल छ ।

बच्चा जन्माउन सघाउने अस्पतालका डाक्टरहरुले यो परजिवी जुम्ल्याहा बच्चाको घटना भएको उल्लेख गर्दै बच्चाको अतिरिक्त दुईवटा गोटा अपरेसनमार्फत हटाउन सकिने र योनांग पनि पुनर्निमाण गर्न सकिने बताएका छन् । तर दैनिक ज्यालादारीमा काम गर्ने बाबुआमासँग महंगो अपरेसनका लागि खर्च छैन ।

अस्पतालकी प्रमुख मेडिकल अफिसर डा. काकुभाइ मागनभाई दाभीले भने, ‘सोमबार बिहान व्यथा लागेको अवस्थामा ती महिला हामीकहाँ आइन् । उनले पहिले कहिल्यै पनि अल्ट्रासाउन्ड नगरेको हुनाले बच्चाको अवस्था अज्ञात थियो । दुई घन्टापछि जब प्राकृतिकरुपमा बच्चा जन्मियो, हामी सबै स्तब्ध बन्यौं ।’

‘आत्तिएका बाबुआमालाई हामीले सम्झायौं । हामीले भन्यौं कि अतिरिक्त दुई खुट्टा हटाउन सकिन्छ । तर दुवै बाबुआमा बच्चाको अपरेसन गर्न डराए र अस्वीकार गरे । अपरेसन गर्दा बच्चाको ज्यान जाने डर उनीहरुलाई छ ।’

परजिवी जुम्ल्याहा एउटा दुर्लभ घटना हो जुन गर्भाधानको दौरान भ्रुण आपसमा छुट्टनि ढिलाई हुनुको परिणाम हुनेगर्छ । चेतना अभाव र पैसाको कमिले ती महिलाले कहिल्यै पेटको अल्ट्रासाउन्ड लगायत आवश्यक परिक्षणहरु गर्न नसक्दा यो अवस्था आएको डाक्टरहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment