Comments Add Comment

पेटमा अडि्कएको बियरको बोतलको बिर्को निकाल्न कण्डमको प्रयोग !

condomशल्यक्रियाका लागि डाक्टरहरुले कस्ताकस्ता औजारहरुको प्रयोग गर्दछन् ? कहिलेकाहीँ अनुमान नै गर्न सकिँदैन । हुँदाहुँदा डाक्टरहरुले पेटको शल्यक्रिया गर्दा समेत कण्डमको प्रयोग गर्न थालेका छन् ।

 

रिपोर्टअनुसार पूूर्वी चीनको जियांग्सुस्थित लियानयुन्गागन अस्पतालमा लिउ नामका एक बिरामी पुगे । उनको पेटमा बियरको बोतलको ढकनी अडि्कएको थियो । बियर पिउने बेलामा बियरको बोतल पनि उनले निलेका थिए र पेटमा गएर अडि्कएको थियो । राति दश बजे अस्पताल पुगेका उनलाई पेट भरिएको भन्दै अर्को बिहान आउन भनेर फर्काइयो ।

जब उनी अर्को दिन बिहान पुगे तब अचम्ममा परे । ग्यास्ट्रोलोजी विभागका प्रमुख रहेका डाक्टर जु वेइपिंगले कण्डमको प्रयोग गर्ने पेटबाट बिर्को निकाल्ने उपाय निकाले । उनले बिर्को बाहिर निकाल्नुअघि बिर्कोलाई कण्डमभित्र हाले । यसो गर्दा बिर्कोले पेटमा घाउ नबनाओस् भन्ने उनको उद्देश्य थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment