Comments Add Comment

फेसबुकका भ्रामक खबर स्वास्थ्यका लागि घातक

hanikarak-facebookसोसल मिडियामा शेयर गरिने र कहिलेकाहीँ भाइरल समेत हुने स्वास्थ्य सम्बन्धी खबरहरु धेरै भ्रामक, असत्य तथा कपोलकल्पित हुने गरेका छन् । त्यस्ता गलत तथा भ्रामक समाचारहरुले कहिलेकाहीँ निकै सनसनी पनि मच्चाउँछन् । सनसनी मच्चाउने त्यस्ता स्वास्थ्य सम्बन्धी भ्रामक समाचार तथा जानकारीहरु मानव स्वास्थ्यका लागि निकै घातक सावित हुनसक्ने देखिएको छ ।

 

स्वास्थ्य विज्ञहरुका अनुसार स्वास्थ्य सम्बन्धी झुटा खबरहरु समाजका लागि निकै खतरनाक हुनसक्छन् । द इन्डिपेन्डेन्ट पत्रिकाले गरेको विश्लेषण अनुसार नक्कली वेबसाइटहरुमा प्रकाशित झुटा खबरहरु ठूला संगठनका तथ्यात्मक रिपोर्ट तथा समाचार भन्दा धेरै शेयर भएको पाइएको छ ।

सन् २०१६ मा फेसबुकमा क्यान्सर विषयक शीर्षक रहेका सबैभन्दा धेरै शेयर गरिएका २० वटा समाचार तथा आलेख मध्ये आधाजसो सामग्रीहरुको प्रमाणिकता संदिग्ध रहेको पाइएको छ । ती खबरमा डाक्टर तथा स्वास्थ्य अधिकारीहरुको गलत तरिकाले उदृत गरिएको छ ।

फेसबुकले विवादित खबरलाई संकेत गर्नका लागि प्रयोगकर्तालाई एक विकल्प दिन सुरु गरेको छ । अमेरिकी चुनावमा पनि फेसबुकका झुटो खबरले प्रभाव पारेको खबर आएसँगै फेसबुकको आलोचना भैरहेको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्ड तथा रोयल कलेजका प्रमुखले सोसल मिडिया प्लाटर्फममा स्वास्थ्य सम्बन्धी जानकारीहरु शेयर गर्ने बारेमा आफ्नो अवधारणा राख्दै भनेका छन् कि फेसबुकलाई समाचारको प्राथमिक श्रोतका रुपमा प्रयोग गर्ने गरिएको छ । सोही कारणले फेसबुक लगायतका सोसल मिडियामा शेयर गरिने भ्रामक समाचार तथा आलेखहरु हृानिकारक हुन सक्दछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment