सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

सावाधान ! यी ६ गल्तीले पनि हुन सक्छ अनिच्छित गर्भवती

अनलाइनखबर

pregnant

गर्भवती हुनु त्यसबेला सुखद हुन्छ, जुन नियोजित ढंगवाट भएको होस् । तर, कतिपय अवस्थामा नचाहेरै पनि गर्भ रहन्छ ।

यसरी विना योजना रहेको गर्भलाई राख्ने कि फ्याक्ने ? दम्पतीको निम्ति टाउको दुखाईको विषय बन्छ यो ।

पटक-पटक गर्भ पतन गराउँदा महिलाको स्वास्थ्यमा एकदमै नराम्रो असर पुग्छ । यसले कालन्तरमा पाटेघरको क्यान्सर समेत निम्त्याउने जोखिम रहन्छ । त्यसैले अप्रत्यासित एवं अनपेक्षित रहेको गर्भलाई तुहाउने काम सजिलो र राम्रो उपाय होइन ।

गर्भ रह्यो भन्दैमा बच्चा जन्माउने कुरा पनि सजिलो भएन ।

जथाभावी वच्चा जन्माउँदा हुने जोखिम आफ्नो ठाँउमा छँदैछ, त्यस वाहेक उक्त वच्चालाई हुर्काउने, बढाउने कुरा पनि आफैमा बोझिलो बन्न सक्छ । त्यसैले यौन सम्पर्कका बेला यस्ता कुरामा सावधान अपनउनु पर्छ ।

तर, समस्या के भइदिन्छ भने, सुरक्षाको विधी अपनाउँदा अपनाउँदै पनि गर्भ रहन सक्छ । आखिर कसरी ?

गल्ती १

गुद्वार यौन-सम्पर्कले गर्भ रहने जोखिम बढाउँछ । किनभने योनी र गुद्वारवीचको दुरी एकदमै कम हुन्छ । त्यसैले यौन सम्पर्कका वेला निस्कने सुक्रकिट महिलाको योनीमा सजिलै प्रवेश गर्न सक्छ ।

गल्ती २

हतारमा कन्डोम प्रयोग गर्दा त्यसमा प्वाल पर्न सक्छ । यस्तो प्वालवाट पुरुष सुक्रकिट योनीमा प्रवेश गर्न सक्छ ।

गल्ती ३

कन्डोममा तेलको प्रयोग गर्दा पनि अनिच्छित गर्न रहने भय हुन्छ । कतिपयले तेलयुक्त कन्डोम प्रयोग गर्छन् वा कन्डोममा तेल लगाउँछन् । यसो गर्दा उक्त कन्डोम फुत्किएको थाहा हुदैन ।

गल्ती ४

यदि महिलाले गर्भ नरहने औषधी सेवन गरिरहेको अवस्थामा कुनै दिन औषधी खान विर्सन सक्छ । यस्तो बेला भएको यौन सम्पर्कवाट गर्भ रहने अधिक संभावना हुन्छ ।

गल्ती ५

कतिपय पुरुष आफ्नो लिंगलाई हातमा खेलाउने र त्यसैलाई महिलाको योनीमा पनि खेलाउने गर्छन् । यस किसिमको माध्यामवाट पनि पुरुष सुक्रकिट महिलाको योनीमा प्रवेश गर्न सक्छ ।

गल्ती ६

पती /पत्नी एकसाथ नुहाउने क्रममा पनि यौन सम्पर्क राख्न पुग्छन् । यसवेला राखिएको यौन सम्पर्कवाट गर्भ रहने संभावना हुन्छ ।

२०७३ पुष २७ गते २२:४० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • puja subedi लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते ७:५९

    i like that topic

    1
    0
    Share

  • raju newa लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १९:१५

    Thanks for important msg

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this