Comments Add Comment

फिल्मफेयरको मनोनयनमा चार पाकिस्तानी कलाकार

film-fairभारतीय चलचित्रमा पाकिस्तानी कलाकारको उपस्थितिको विषयमा बलिउड दुई भागमा विभाजित छ । भारत र पाकिस्तानबीचको सम्वन्ध बिगि्ररहेको अवस्थामा पाकिस्तानी कलाकारलाई बलिउडमा स्थान दिनु हुन्न भन्ने मत र कलाकारलाई रोकटोक गर्नुहुन्न भन्ने मत समानान्तररुपमा आइरहेका छन् ।

यसैबीच एउटा फिल्म अवार्डका लागि भएको मनोनयनले धेरैको ध्यान खिचेको छ जहाँ चार जना पाकिस्तानी कलाकारहरु नामांकित भएका छन् । बलिउडमा सबैभन्दा चर्चित फिल्म फेयर अवार्डको नयाँ संस्करणमा चार पाकिस्तानी कलाकार प्रतिस्पर्धामा छन्, जुन आफैंमा एउटा रेकर्ड हो ।

मनोनित हुनेहरुमा तीन जना गायक र एक अभिनेता छन् । सर्वश्रेष्ठ सहायक अभिनेताको विधामा फिल्म कपुर एन्ड सन्सबाट फवाद खान मनोनित भएका छन् ।

उनले अघिल्लो वर्ष फिल्म खुबसुरतबाट सर्वोत्कृष्ट नवअभिनेताको अवार्ड जितेका थिए । फिल्म रुस्तमको गीत तेरे संग याराबाट अतिफ अस्लम मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट गायककै विधामा सुल्तानको गीत जग घुम्याबाट राहत फतेह अलि खान तथा पिंकको गीत निवेस निवेसबाट कर्रतुलयन बलोच मनोनित भएका छन् । फतेह अलि खानले फिल्म इश्कियाको दि तो बच्चा है जीबाट २०११ मा फिल्म फेयर अवार्ड जितेका थिए ।

पाकिस्तानी कलाकारहरुको अवार्डमा मनोनयनलाई लिएर सामाजिक सञ्जालमा भारतीयहरुले विभिन्न टिप्पणी गरिरहेका छन् । कोही यसको समर्थनमा छन् त कोही विरोधमा । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment