Comments Add Comment

झन्डै बनेकी ऋचा ‘धोकेबाज’

reecha-sharma
नायिका ऋचा शर्मा प्रेममा कति ‘धोकेबाज’ होलिन् ? प्रेम गरेर उनले धोका दिएको घटना होला कि नहोला ? यो त खुल्न सकेको छैन । नायक विनय श्रेष्ठसँग करिब ६ बर्ष प्रेम गरेकि ऋचा अहिले सिंगल रहेको बताउँछिन् । विनय र उनको प्रेम सहमतिमै छुटेको थियो । कहिलेकाही त ऋचा, घरमा बिहे गर्ने कुरा पनि आएकाले यसबारेमा सोच्न थालेको पनि बताउँछिन् ।

रियल लाइफमा ऋचा ‘धोकेबाज’ हुन् या होइनन्, यो उनलाई नै थाहा होला । तर, एक चलचित्रले झन्डै उनलाई ‘धोकेबाज’ बनाइदिएको थियो । चलचित्र ‘लभ सासा’मा नायिका शर्मा विशेष भूमिकामा छिन् । जहाँ, उनी चलचित्रका मुख्य कलाकार कर्माको पूर्व प्रेमिकाको भूमिकामा देखिएकी छिन् । चलचित्रमा कर्माले ऋचाको नाम मोबाइलमा ‘सीमा धोकेबाज’ भनेर सेफ गरेका हुन्छन् । चलचित्रमा ऋचाको नाम ‘सीमा’ हुन्छ ।

चलचित्र हेरिसकेपछि धेरैले उनलाई ‘धोकेबाज’ भनेर जिस्क्याए । तर, ऋचाका अनुसार, सुरुमा त चलचित्रमा पनि उनको नाम ‘ऋचा’ नै राख्ने तयारी गरिएको रहेछ । तर, ऋचाले नै यो नाम राख्न नदिएपछि ‘सीमा’ राखिएको रहेछ ।

ऋचा नै राख्दा आफूलाई सबैले ‘ऋचा धोकेबाज’ भन्न थाल्ने भएकाले नाम राख्न नदिएको ऋचाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment