Comments Add Comment

एमाले मोरङको चुनाव सकियो, मतगणना बिहीबार

mahesh-regmi-and-binod-dhakal-uml-morang

२७ पुस, बिराटनगर । नेकपा एमालेको मोरङ जिल्ला अधिवेशनमा मतदान सकिएको छ । मतगणना भने विहीबार बिहान ८ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

तीन दिनअघि केपी ओलीले उदघाटन गरेको जिल्ला अधिवेशनमा ओली पक्ष र माधव नेपाल पक्षवीच नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा भएको छ ।

ओली पक्षबाट अध्यक्ष पदमा विनोद ढकाल उठेका छन् भने माधव नेपाल पक्षबाट मधेस रेग्मी उम्मेद्वार बनेका छन् । बुधबार साँझ सकिएको मतदानमा करिब ८ सय ९० को हाराहारीमा मत खसेको आयोजनले जनाएका छन् ।

सुन्दरदुलारी गाविसका एकजना प्रतिनिधिको निधन भएको र एकजना प्रतिनिधि हृदयाघात भएका कारण उनीहरुले मतदान गर्न नपाएको एमाले स्रोतले बतायो । बाँकी ८९२ प्रतिनिधिमध्ये सबैले मतदानमा भाग लिएको बताइएको छ ।

विहीबार बिहानदेखि मत गणना सुरु भई विहीबार नै परिणाम घोषणा हुने एमाले मोरङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मोरङ एमालेमा दुई गुटः बहसमा पर्शुराम बस्नेतदेखि राज्यलक्ष्मी गोल्छासम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment