Comments Add Comment

स्वरेजको १०० औं गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा

luis-suarez

२८ पुस, काठमाडौं । लुइस स्वरेजले क्लबका लागि १०० औं गोल गर्दा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ ।

बधुबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । यससँगै बार्सिलोनाले समग्रमा ४–३ गोल अन्तरले विजयी भयो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ औं मिनेटमा स्वरेजले गोल गरे । लिभरपुलका पूर्व स्ट्राइकर स्वरेजले क्लबका लागि १२० खेलमा १०० औं गोल गरे ।

बार्सिलोनाका लागि कम खेलमा १०० गोल गर्ने खेलाडीहरुको उचीमा उनी तेस्रो स्थानमा छन् । उनी भन्दा अगाडि मारियानो मार्टिनले ९९ खेलमा र लाज्लो क्युवालोले १०३ खेलमा १०० गोल गरेका छन् । मेस्सीले भने १८८ खेलमा १०० गोल गरेका थिए ।

४८ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तीन मिनेटपछि एल्थेटिकोले गोल फर्कायो । र, खेल समग्रमा ३–३ को अवस्थामा पुग्यो ।

तर, ७८ औं लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए र समग्रमा ४–३ को जितका साथ बार्सिलोना कोपा डेर रे कपको क्वार्टरफाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment